केटा:नझिम्काउ सान्नानी छिमछिम परेली
नझिम्काउ सान्नानी छिमछिम परेली
लाइदिउँला तिमीलाई सुनको तिलहरी
लाइदिउँला तिमीलाई सुनको तिलहरी
हे सुनको तिलहरी
लाइदिउँला तिमीलाई चोखो पिरती
लाइदिउँला तिमीलाई चोखो पिरती...
केटि:कहाँ बाट आयो यो मान्छे खै कुन्नी
कहाँ बाट आयो यो मान्छे खै कुन्नी
बग्दैन सलल कुवाको पानी
बग्दैन सलल कुवाको पानी
ए सुनको तिलहरी
लाउँदिन तिमीसँग माया पिरती
लाउँदिन तिमीसँग माया पिरती
केटा:किन हुन्छ मन मेरो यति बेइमानी
किन हुन्छ मन मेरो यति बेइमानी
गालैमा चुमिदिन्छु लाजै नमानी
गालैमा चुमिदिन्छु लाजै नमानी
ए सुनको तिलहरी
लाइदिउँला तिमीलाई चोखो पिरती
लाइदिउँला तिमीलाई चोखो पिरती
केटि:पाउँदैन फकाउँदैमा मेरो जवानी
पाउँदैन फकाउँदैमा मेरो जवानी
यो ज्यानमा चल्दैन तिम्रो मनमानी
यो ज्यानमा चल्दैन तिम्रो मनमानी
हे सुनको तिलहरी
लाउँदिन तिमीसँग माया पिरती
लाउँदिन तिमीसँग माया पिरती...
केटा:घर तिम्रो धरान पो हो कि हिलेमा
घर तिम्रो धरान पो हो कि हिलेमा
लान्छु म काठमाडौँ नमिलेमा
लान्छु म काठमाडौँ नमिलेमा
हे सुनको तिलहरी
लाइदिउँला तिमीलाई चोखो पिरती
लाइदिउँला तिमीलाई चोखो पिरती...
केटि:पुरा हुन्न रहर सपना देख्दैमा
पुरा हुन्न रहर सपना देख्दैमा
जादिन काठमाडौँ लान्छु भन्दैमा
जादिन काठमाडौँ लान्छु भन्दैमा
हे सुनको तिलहरी
लाउँदिन तिमीसँग माया पिरती
लाइदिउँला तिमीलाई चोखो पिरती...
केटा: लाइदिउँला तिमीलाई चोखो पिरती...
केटि: लाइदिउँला तिमीलाई चोखो पिरती...
केटा: लाइदिउँला तिमीलाई चोखो पिरती...
केटि: लाइदिउँला तिमीलाई चोखो पिरती...
केटा: लाइदिउँला तिमीलाई चोखो पिरती...
केटि: लाइदिउँला तिमीलाई चोखो पिरती...




