केटा:
अमेरिका आए म त तल्लो बाटो हुदै
घर सम्झेर गाम सम्झेर देश सम्झेर रुदै
कहिले हिडे ढुङे बाटो कहिले हिडे जङल
आमा तिम्रो आशिर्वादले छुने को छ मङल
बाबा तिम्रो आसिर्वादले छुने को छ मङल
सोछे झै रहिनछ परदेश
चाहे झै हैनछ परदेश्
सोछे झै रहिनछ परदेश
चाहे झै हैनछ परदेश्
केटि:
राटो टिका फुलको माला लगाएर हिड्यौ
थाहा छैन मुटु बेची कस्तो खुशी किन्यौ
न त सके बाटो छेक्न न त सके रोक्न्
भाग्यमा जे लेखेको रहेछ पर्ने रहेछ भोग्न्
भाग्यमा जे लेखेको रहेछ पर्ने रहेछ भोग्न्
परदेशी माया त नमारे
परदेशी एक्लै नपारे
परदेशी माया त नमारे
परदेशी एक्लै नपारे
केटा:
आफ्नो भन्नु कोही छैन बिरनो यो ठाउम
पैषा फल्ने देशमा गयो भन्छन अरे गाउमा
भोग्नुपर्ने दुख सबै भोगी सके मैले
गाउको वचन साहुको ॠण तिर्नु छ नि पहिले
गाउको वचन साहुको ॠण तिर्नु छ नि पहिले
सोचे झै रहिनछ परदेश
चाहे झै हैनछ परदेश्
सोचे झै रहिनछ परदेश
चाहे झै हैनछ परदेश्
केटि:
महिनौ सम्म तिम्रो खबर नपाउदा खेरि
मन बुझाउथे सिरानिको फोतो हेरी हेरी
कोहिले भन्थे दुबइ म छ कोहिले युरोप तिर्
यस्तो लाउथ्यो जिन्दगिलाइ दियो पिरै पिर्
यस्तो लाउथ्यो जिन्दगिलाइ दियो पिरै पिर
परदेशी माया त नमारे
परदेशी एक्लै नपारे
परदेशी माया त नमारे
परदेशी एक्लै नपारे
केटा:
कमाउला रमाउला भज्ञमा छ भने
अरु जस्तै सुख खोज्न हिडेको हो म नि
कलकलाउदो बैश जोवन बिदेशिलाइ चन्दा
पिरको बाटो गार्हो हुन्छ बिर्को बाटो भन्दा
पिरको बाटो गार्हो हुन्छ बिर्को बाटो भन्दा
सोचे झै रहिनछ परदेश
चाहे झै हैनछ परदेश्
सोचे झै रहिनछ परदेश
चाहे झै हैनछ परदेश्
केटि:
दिन नलागी ॠण तिरौला किन लिनु तेस्को
झनपछी झन खरब आउला यहा छ हालत देशको
बा आमाको दबाइ खर्च छोरछोरिको पढाइ
आजसम्म धानेकी छु मनको टेको अडाइ
आजसम्म धानेकी छु मनको टेको अडाइ
परदेशी माया त नमारे
परदेशी एक्लै नपारे
परदेशी माया त नमारे
परदेशी एक्लै नपारे
केटा:
बा आमा को कुटी कहा पाउ चाउरिएका गाला
बुढेसकालको पाल्ने छोरा बिदेशियो साला
धेरै पैषा कमाएर धनी बन्नु छैन्
परिवारको खुसी भन्दा ठुलो केही होइन
परिवारको खुसी भन्दा ठुलो केही होइन
सोचे झै रहिनछ परदेश
चाहे झै हैनछ परदेश्
सोचे झै रहिनछ परदेश
चाहे झै हैनछ परदेश्
केटि:
कस्तो होला अमेरिका अङ्रेजी बोल्ने
फेरी जादा हामिलाइ पनि लैजान्छौ होला नि
अग्ला अग्ला घर होलान नि चिल्लो चिल्लो बाटो
तेता चोक्टा फेरेउ कि नाइ एता चोली फाट्यो
तेता चोक्टा फेरेउ कि नाइ एता चोली फाट्यो
परदेशी माया त नमारे
परदेशी एक्लै नपारे
परदेशी माया त नमारे
परदेशी एक्लै नपारे
केटा:
सपनाको देश हो भन्छन राम्रै ठाउ छ यहा
दुख गरे पसिनाले मुल्य पाउछ यहा
तिम्रै लागी हो घर छोडेको राम्रै लाउनु खानु
टाढा भएका आफन्तलाइ किन्नुपर्छ सानु
टाढा भएका आफन्तलाइ किन्नुपर्छ सानु
सोचे झै रहिनछ परदेश
चाहे झै हैनछ परदेश्
सोचे झै रहिनछ परदेश
चाहे झै हैनछ परदेश्
केटि:
समयमै सुते माया समयमै उठे
हिसाब किताब छैन माया कती खुशी छुटे
फर्किएर आउलान कि नाइ फेरी उनै दिन्
डाको छोडी रुन मन छ काखमा कुनै दिन्
डाको छोडी रुन मन छ काखमा कुनै दिन
परदेशी माया त नमारे
परदेशी एक्लै नपारे
परदेशी माया त नमारे
परदेशी एक्लै नपारे





