हो तिमीलाई
हो तिमीलाई
देखे देखी यस्तो रहर जाग्न थाल्यो
देखे देखी यस्तो रहर जाग्न थाल्यो
आफ्नो भन्दा पनि धेरै तिम्रै माया लाग्न थाल्यो
मन कि मायालु
हो हो मन कि मायालु
हो तिमीलाई
पिरतिका कुरा पैले
सुन्दा पनि लाज लाग्थियो
पिरतिका कुरा पैले
सुन्दा पनि लाज लाग्थियो
भन्नु त के मनैमनमा गुन्दा पनि लाज लाग्थियो
के भो के भो अचेल मलाई
के भो के भो अचेल मलाई
लाजै भाग्न थाल्यो
आफ्नो भन्दा पनि धेरै तिम्रै माया लाग्न थाल्यो
मन कि मायालु
हो हो मन कि मायालु
हो तिमीलाई
जे जे हुन्छ जिन्दगीमा
समयकै खेल रहेछ्
माया भन्नु केहि होइन
मनैमनको मेल रहेछ्
जे जे हुन्छ जिन्दगीमा
समयकै खेल रहेछ्
माया भन्नु केहि होइन
मनैमनको मेल रहेछ्
यो मनले तेसै तेसै
हो
यो मनले तेसै तेसै
तिमीलाई नै माग्न थाल्यो
आफ्नो भन्दा पनि धेरै तिम्रै माया लाग्न थाल्यो
मन कि मायालु
हो हो मन कि मायालु
हो तिमीलाई
हो तिमीलाई
देखे देखी यस्तो रहर जाग्न थाल्यो
देखे देखी यस्तो रहर जाग्न थाल्यो
आफ्नो भन्दा पनि धेरै तिम्रै माया लाग्न थाल्यो
मन कि मायालु
हो हो मन कि मायालु
हो तिमीलाई


