म कसरी भनुं यो माया हो
न तिमी मेरी न म तिम्रो
बरु भनि देउ यो सपना हो
जो तिम्रो हो अनि मेरो म कसरी भनुं
म कसरी भनुं
यति नजिक भएर पनि हामी
टाढा नै हुनु पर्छ
एकै नदी भए तापनि हामी
दुईटा किनार हुनु पर्छ
म कसरी भनुं यो मिलन हो
न तिमी मेरी न म तिम्रो
बरु भनि देउ यो सपना हो
जो तिम्रो हो अनि मेरो
म कसरी भनुं
तिम्रो मन मैले जितेर पनि
आफैसित म हार्नु पर्छ
कलिला कोमल प्रितीको बेला
फुल्नु अघि नै मार्नु पर्छ
म कसरी भनुं यो संगम हो
न तिमी मेरी न म तिम्रो

