हे...हे...हे... हे...हे
आ...
हाइ...
केटा:लगभग लगभग मनले मन खाइसक्यो
आधा उधी मुस्कानमै आइसक्यो
लगभग लगभग मनले मन खाइसक्यो
आधा उधी मुस्कानमै आइसक्यो
कुरो बुझेसी
मेरी माया लाजैले भुतुकै
नजरै जुधेसी
मेरी माया लाजैले भुतुकै नजरै जुधेसी
होइ नजरै जुधेसी...
केटा:भो भो धेरै नखरा नपार
बोली पोर हाँसेर नटार
भो भो धेरै नखरा नपार
बोली पोर हाँसेर नटार
कुरो बुझेसी
केटी:माया बस्दै गाको त साँचो हो
मलाई पनि एउटाको खाँचो हो
ओइ माया बस्दै गाको त साँचो हो
मलाई नि एउटाको खाँचो
कुरो बुझेसी
केटा:मेरी माया लाजले भुतुकै नजरै जुधेसी
केटी:हे म त हजुर लाजैले भुतुकै नजरै जुधेसी
नजरै जुधेसी
केटा:/केटी: नजरै जुधेसी
केटा:लास्टै फिदा भाको छ यो मन
जोवन दिन नगर दो-मन
ओइ लास्टै फिदा भाको छ यो मन
जोवन दिन नगर दो-मन
कुरो बुझेसी
मेरी माया लाजैले भुतुकै
नजरै जुधेछ
मेरी माया लाजैले भुतुकै नजरै जुधेसी
ओइ नजरै जुधेसी
केटी:यति यति मन पर्दै गाको छ
जोबन दिन हल्का डर लाको छ
आइ यति यति मन पर्दै गाको छ
जोबन दिन हल्का डर लाको छ
कुरो बुझेसी
म त हजुर लाजैले भुतकै नजरै जुधेसी
हे म त हजुर लाजैले भुतकै नजरै जुधेसी
होइ नजरै जुधेसी
केटा: उकुस मुकुस भैसक्यो हेर
चुप्पा खान दिन्छ्यौ र एक फेर
भयो उकुस मुकुस भैसक्यो हेर
चुप्पा खान दिन्छ्यौ र एक फेर
कुरो बुझेसी
केटी:हुन्न हो कि नहुन जुरेको
आनी बानी बुझ्दैछु लुरेको
हुन्न हो कि नहुन जुरेको
आनी बानी बुझ्दैछु लुरेको
कुरो बुझेसी
केटा:मेरी माया लाजैले भुतुकै
नजरै जुधेसी
केटी:हे म त हजुर लाजैले भुतुकै नजरै जुधेसी
ओइ नजरै जुधेसी...
केटा:घाम झिल्कियो खोज्दै थिएँ टुकी
भाग्यमानी रैछु कि मै दुखी
हे घाम झिल्कियो खोज्दै थिएँ टुकी
भाग्यमानी रैछु कि मै दुखी
कुरो बुझेसी
मेरी माया लाजैले भुतुकै नजरै जुधेसी
मेरी माया लाजैले भुतुकै नजरै जुधेसी
ओइ नजरै जुधेसी...
केटी:ललाइ फकाइ मन भित्र छिरेर
लागिहाल्यो आधा दिल चिरेर
आहा ललाइ फकाइ मन भित्र छिरेर
लागिहाल्यो आधा दिल चिरेर
कुरा बुझेसी
म त हजुर लाजैले भुतुकै
नजरै जुधेसी
हे म त हजुर लाजैले भुतुकै
नजरै जुधेसी
ओइ नजरै जुधेसी...
केटा:भोकलाई भोजन तिर्खालाई पानी
लाइदेउ माया दुनिया जिल खानि
भोकलाई भोजन तिर्खालाई पानी
लाइदेउ माया दुनिया जिल खानि
कुरा बुझेसी
केटी:लाग्न थाल्यो यही मान्छे प्यारो
दिल बिगार्यो खै क्यारो खै क्यारो
लाग्न थाल्यो यही मान्छे प्यारो
दिल बिगार्यो खै क्यारो खै क्यारो
कुरो बुझेसी
केटा:मेरी माया लाजैले भुतुकै नजरै...
केटी:हे म त हजुर लाजै भुतुकै नजरै जुधेसी
केटा/केटी: नजरै जुधेसी




