Hamro Nata Maya is a deeply introspective song that explores the blurred lines between romantic love and genuine friendship. The narrator finds themselves caught in a state of uncertainty, constantly thinking about someone special and wondering what truly lies in their heart. There's a beautiful melancholy to the song as the singer admits to carrying this person in their thoughts every moment, even appearing in their dreams to offer comfort during lonely nights. The repeated imagery of sketching the person's portrait in their heart shows how completely this person occupies their mind and emotions. The song captures that vulnerable space where you're unsure if what you feel is real romantic love or the deep affection of true friendship, making it relatable to anyone who's experienced such emotional confusion.
हाम्रो नाता माया हो कि एक असल मित्र
हाम्रो नाता माया हो कि एक असल मित्र
थाहा छैन के छ कुन्नि (उनको दिल भित्र) -२
हाम्रो नाता माया हो कि एक असल मित्र
कल्पनामा हरेक पल हुन्छ उनकै याद
कल्पनामा हरेक पल हुन्छ उनकै याद
सपनीमा एक्लो हुदाँ पाउँछु उनकै साथ
सपनीमा एक्लो हुदाँ पाउँछु उनकै साथ
मन भरि कोरेको छु मैले उनकै चित्र
मन भरि कोरेको छु मैले उनकै चित्र
थाहा छैन के छ कुन्नि (उनको दिल भित्र ) - २
हाम्रो नाता माया हो कि एक असल मित्र
हृदयका अनेक चाह हुन्छन् हुन्नन् पुरा
हृदयका अनेक चाह हुन्छन् हुन्नन् पुरा
भन्न अझै बाँकी नै छन् यो मनका कुरा
भन्न अझै बाँकी नै छन् यो मनका कुरा
उनका लागि लेखेको छु मैले एउटा पत्र
उनका लागि लेखेको छु मैले एउटा पत्र
थाहा छैन के छ कुन्नि (उनको दिल भित्र) - २
हाम्रो नाता माया हो कि एक असल मित्र