धेरै माया दिंदा रहेछन्, मुटु जोडेर जानेहरु
यादमा डुबी बाँच्दा रहेछन्, मुटु जोडेर बस्नेहरु
यादमा डुबी बाँच्दा रहेछन्, मुटु जोडेर बस्नेहरु
लाग्ने हैन थकाई नै पिरतिलाई कुर्नेहरु
पर्खाईमै मर्दा रहेछन, साँचो माया गर्नेहरु
पर्खाईमै मर्दा रहेछन, साँचो माया गर्नेहरु
छाडि गयौ किन तिमी दुनियाँमा एक्लै मलाई
आँखाहरु रोइदिन्छ मनले सम्झेर तिमीलाई
थाहा थियो तिमी बिना बाँच्ने आधार छैन अरु
तिम्रो बियोगमा जलिरहे यतिकैमा मर्छु बरु
दैव पनि भो वैगुनि पारिदियो हाम्रो विछोड्
संगै पनि जान देन केवल दियो मुटुमा चोट
पल पल सम्झनामा आउँछौ तिमी म के गरुँ
साँझमा दियो बाली कुर्छु निभेर जाँदा संगै मरु
धेरै माया दिंदा रहेछन्, मुटु जोडेर बस्नेहरु
पिरतीलाई कुर्नेहरु


