बुझ्नै सकिन यो जीवन कस्तो
कुन पापीले छोपे जस्तो
बुझ्नै सकिन यो जीवन कस्तो
कुन पापीले छोपे जस्तो
बुझ्नै सकिन यो जीवन कस्तो
कुन पापीले छोपे जस्तो
पाउनै सकिन यो माया कस्तो
निस्ठुँरीले लुकाए जस्तो
मान्छेको मन ढुङ्गा जस्तो
ढुङ्गाको निश्चल देवता जस्तो
बुझ्नै सकिन यो जीवन कस्तो
कुन पापीले छोपे जस्तो
फेवाबाटै हिमाल चुम्न
तनमा तन साट्नु थियो
फेवाबाटै हिमाल चुम्न
तनमा तन साट्नु थियो
युगौं युग बाँचि राख्न
चोखो प्रित लाउनु थियो
तनमा तन साट्नु थियो
चोखो प्रित लाउनु थियो
बुझ्नै सकिन यो जीवन कस्तो
कुन पापीले छोपे जस्तो
धर्तिबाटै आकाश चुम्न
मायाको फूल रोप्नु थियो
धर्तिबाटै आकाश चुम्न
मायाको फूल रोप्नु थियो
जीवन भरि खुशि ल्याउन
तिम्रो साथ जिउनु थियो
मायाको फूल रोप्नु थियो
तिम्रो साथ जिउनु थियो
बुझ्नै सकिन यो जीवन कस्तो
कुन पापीले छोपे जस्तो
पाउनै सकिन यो माया कस्तो
निस्ठुँरीले लुकाए जस्तो
मान्छेको मन ढुङ्गा जस्तो
ढुङ्गाको निश्चल देवता जस्तो
बुझ्नै सकिन यो जीवन कस्तो
कुन पापीले छोपे जस्तो


