बिग्रेको मान्छे म
(बिग्रेको मान्छे म भत्केको घर
भत्केको घरको मलाई के को डर) - २
रात भरि पोल्छ खोई के भयो छाती
मर्छु कि यहि वर्ष सम्झन हो साथी
बिग्रेको मान्छे म भत्केको घर
भत्केको घरको मलाई के को डर...
(बिग्रिसक्यो कि कलेजो मेरो ) - ४
तिमी बाहेक यहाँ को छ र मेरो
उडेको चरी हुँ
उडेको चरी हुँ छैन है घर
नभएको घरको मलाई के को डर
बिग्रेको मान्छे म भत्केको घर
भत्केको घरको मलाई के को डर...
(डुब्न लागेको घाम भयो जीवन) - ४
तिमीलाई सम्झेर रोई रहन्छ यो मन
उडेको चरी हुँ
उडेको चरी हुँ छैन है घर
नभएको घरको मलाई के को दर
बिग्रेको मान्छे म भत्केको घर
भत्केको घरको मलाई के को डर)२
रात भरि पोल्छ खै के भयो छाती
मर्छु कि यहि वर्ष सम्झन हो साथी
बिग्रेको मान्छे म भत्केको घर
भत्केको घरको मलाई के को डर


