Intro
Verse
अरबौ मान्छेहरुमा
तिमी एक मन मिल्ने मन्छे
अरबौ मान्छेहरुमा
तिमी एक मन मिल्ने मन्छे
म मन मिल्ने मान्छे देख्दा
संसार नै भुल्ने मान्छे
संसार नै भुल्ने मान्छे
अरबौ मान्छेहरुमा
तिमी एक मन मिल्ने मन्छे
Verse
तराजुमा राखेर धेरै पल्ट
यो दुनिँयालाई मैले जोखेको छु
तराजुमा राखेर धेरै पल्ट
यो दुनिँयालाई मैले जोखेको छु
सहानुभुती को आसा गरेर रुदै
बेर्थै बेदना पोखेको छु
देखेर मानिसको मतलबी चाला
(देखेर मानिसको मतलबी चाला)
रुँदा रुँदै म रोकेको छु
मलाई सानै चोट लाग्दा पनि
तिमी छट्पटाइ हाल्ने मान्छे
(अरबौ मान्छेहरुमा
तिमी एक मन मिल्ने मन्छे)
Verse
म निर्धन निर्बल र बेअर्थको
पानी बिहिन खोला
म निर्धन निर्बल र बेअर्थको
पानी बिहिन खोला
म सायद त्यो अस्तित्व हिन मान्छे
मेरो महत्व के होला
केहि छिन त तै पनि हाँसेरै जिउछु
केहि छिन त तै पनि हाँसेरै जिउछु
तिमी साथ भएको बेला
मेरो मृत्यु को खबर सुन्दा यहाँ
तिमी एकछोट रुने मान्छे
अरबौ मान्छेहरुमा
तिमी एक मन मिल्ने मन्छे
अरबौ मान्छेहरुमा
तिमी एक मन मिल्ने मन्छे
म मन मिल्ने मान्छे देख्दा
संसार नै भुल्ने मान्छे
संसार नै भुल्ने मान्छे
अरबौ मान्छेहरुमा
तिमी एक मन मिल्ने मन्छे

