केटी
यो दाजुको मिरमिरे आँखा
मिरमिरे आँखा
कस्तो मेरो बिगार्यो दिमाग
नरोऊ मायालु
मिरमिरे आँखा
मिरमिरे आँखा
कस्तो मेरो बिगार्यो दिमाग
नरोऊ मायालु
केटा
यो बहिनीको सुरिलो भाकाले
सुरिलो भाकाले
छाती चिर्यो गाजलु आँखाले
नरोऊ मायालु
सुरिलो भाकाले
सुरिलो भाकाले
छाती चिर्यो गाजलु आँखाले
नरोऊ मायालु
केटी
करिमामा नभाको कुरा
नभाको कुरा
बल गरेर हुदैन हजुर
नरोऊ मायालु
नभाको कुरा
नभाको कुरा
बल गरेर हुदैन हजुर
नरोऊ मायालु
केटा
गरिबले लाएको डोरो
लाएको डोरो
डोरो छिन्यो मन भयो एकहोरो
नरोऊ मायालु
लाएको डोरो
लाएको डोरो
डोरो छिन्यो मन भयो एकहोरो
नरोऊ मायालु
केटी
यो दाजुले हित गर्यो म सित
हित गर्यो म सित
अखिरीमा जुग जाने को सित
नरोऊ मायालु
हित गर्यो म सित
हित गर्यो म सित
अखिरीमा जुग जाने को सित
नरोऊ मायालु
केटा
लालु पाते फुलेर लाल भयो
फुलेर लाल भयो
आज मेरो जोगीको चाल भयो
नरोऊ मायालु
फुलेर लाल भयो
फुलेर लाल भयो
आज मेरो जोगीको चाल भयो
नरोऊ मायालु
केटा/केटी
खाउ त भने सुन्तला पानी
सुन्तला पानी
नखाउ भने दुबैको ज्यान जाने
नरोऊ मायालु
केटा/केटी
सुन्तला पानी
सुन्तला पानी
नखाउ भने दुबैको ज्यान जाने
नरोऊ मायालु
दुबैको ज्यान जाने
नरोऊ मायालु
दुबैको ज्यान जाने
नरोऊ मायालु




