(किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ ) - २
नबोलेर जति हेर्छौ उति हिस्सि लाग्छ
अध्याँरोमा रात बिच तारा पिच्छे घुम्छ
जुनेलीमा जुन शितै ओर्ली मुख चुम्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ...
(एक लाश ठाउँमा त्यो साथी मेरै बन्छ
आधा रातमा ब्यूझें पनि सिरानमै हुन्छ ) - २
प्रभातको प्रभातको मिर्मिरे उषा जब हुन्छ
मेरो मनको झझल्कोमा पहिले आईपुग्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ...
(बिछोडको बेदनामा जति छाती पोल्छ
मिलनको कल्पनामा त्यहि आशा बन्छ ) - २
खोकिलमा खोकिलमा आर्जु जसै मुटु भित्रै पुग्छ
जति टाढा पुग्छु सधैं नजिक त्यहि हुन्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ
नबोलेर जति हेर्छौ उति हिस्सि लाग्छ
किन किन तिम्रो तस्बिर मलाई निको लाग्छ...

