लाला ला ला लल्ला लाला ला...
तीजको, तीजको, तीजको...
गाउँ सहर खोलेर दिदी र बहिनी
नाचौँ न मिलेर नाम ली सैनी
गाउँ सहर खोलेर दिदी र बहिनी
नाचौँ न मिलेर नाम ली सैनी
तीजको रहर आयो बरिलै
तीजको रहर आयो बरिलै
तीजको रहर आयो बरिलै
तीजको रहर आयो बरिलै
नाउडाँडा काटेर गएका चेली
भाग्यले भेट्न पाएछौ फेरि
नाउडाँडा काटेर गएका चेली
भाग्यले भेट्न पाएछौ फेरि
को कहाँ पुग्ने हो केही थाहा छैन
आगुमा भेट फेरि हुने हो होइन
मनको धोको पुऱ्याई गाउँ
स्वरमा स्वर मिलाई गाउँ
तीजको, तीजको, तीजको...
तीजको रहर आयो बरिलै
तीजको रहर आयो बरिलै
भादौरे भेलले सकेन छेक्न
जन्मेको माटोमा चेलीलाई टेक्न
भादौरे भेलले सकेन छेक्न
जन्मेको माटोमा चेलीलाई टेक्न
बिर्सेर आजलाई कर्करी सासु
आमाजू नन्दले दिएका आँसु
छिर्केरी मानेर खेलौँ न आज
जगत जमानी बिर्सेर लाज
तीजको रहर आयो बरिलै
तीजको रहर आयो बरिलै
बिसासै बर्षेनी हाम्रा यी माइती
बाबु र आमा अनि दाज्यू र भाइती
गर्दछौँ बिन्ती महादेव हामी
कोरश्: गर्दछौँ बिन्ती महादेव हामी
गर्दछौँ बिन्ती महादेव हामी
कोरश्: गर्दछौँ बिन्ती महादेव हामी
गर्दछौँ बिन्ती महादेव हामी
कोरश्: गर्दछौँ बिन्ती महादेव हामी
जुग जुग बाचूँ सिरका स्वामी
निर्जील बसेर लिएको ब्रत
सफल पारिदेउ ए दुख हर्ता
तीजको रहर आयो बरिलै
तीजको रहर आयो बरिलै
गाउँ सहर खोलेर दिदी र बहिनी
नाचौँ न मिलेर नाम ली सैनी
तीजको रहर आयो बरिलै
तीजको रहर आयो बरिलै
तीजको रहर आयो बरिलै
तीजको रहर आयो बरिलै





