तिम्रो आँखामा आँसु हेरी, हाँस्ने दिन नआओस
तिमीलाई रुवाई रुवाई, बाँच्ने दिन नआओस
तिम्रो आँखामा आँसु हेरी, हाँस्ने दिन नआओस
तिमीलाई रुवाई रुवाई, बाँच्ने दिन नआओस
तिम्रो माया भुलेर, अरुसँग खुल्नु परे
बरु प्राणै जाओस, मेरो प्राणै जाओस
बरु प्राणै जाओस, मेरो प्राणै जाओस
सागरको, मोती होईन, जुनको ज्योती हैन
मनभित्रको मिठो माया देउ
आकाश झरे सहन्छु, दुखै परे सहन्छु
तर तिमी हुनुपर्छ, मेरो छेउ
तिम्रो आँखामा आँसु हेरी, हाँस्ने दिन नआओस
तिमीलाई रुवाई रुवाई, बाँच्ने दिन नआओस
तिम्रो माया भुलेर, अरुसँग खुल्नु परे
बरु प्राणै जाओस, मेरो प्राणै जाओस
बरु प्राणै जाओस, मेरो प्राणै जाओस
मेरो चाह तिमी नै, मेरो लक्ष्य तिमी नै
जीवन सफल हुन्छ तिमीलाई पाए
एकै पल नि जिउँदो, रहने छैन म
यदि मैले, तिमीलाई गुमाए
तिम्रो आँखामा आँसु हेरी, हाँस्ने दिन नआओस
तिमीलाई रुवाई रुवाई, बाँच्ने दिन नआओस
तिम्रो माया भुलेर, अरुसँग खुल्नु परे
बरु प्राणै जाओस, मेरो प्राणै जाओस
बरु प्राणै जाओस, मेरो प्राणै जाओस
बरु प्राणै जाओस, मेरो प्राणै जाओस
बरु प्राणै जाओस, मेरो प्राणै जाओस



