जप्दै नाम मनको राजाको व्रत बस्ने हो
दियो र बात्ती पूजाको थाली उनकै लागि हो
जप्दै नाम मनको राजाको व्रत बस्ने हो
दियो र बात्ती पूजाको थाली उनकै लागि हो
तिलहरी लर्काउँदै कम्मरै मर्काउँदै
नाच्ने गाउने रहर भो
यो तीजको लहर हो
यो तीजको लहर हो
म बिन्ती गर्छु तारा र जुनलाई
नजर नलागोस् कसैको उनलाई
म बिन्ती गर्छु तारा र जुनलाई
नजर नलागोस् कसैको उनलाई
माइती जाउँला दर खाउँला
बालापनको याद मेटाउँला
दिदी र बहिनी सँगै रमाउँला
दिदी र बहिनी सँगै रमाउँला
तिलहरी लर्काउँदै कम्मरै मर्काउँदै
नाच्ने गाउने रहर भो
यो तीजको लहर हो
यो तीजको लहर हो
लगाएर सारी भरेर चुरा
दङ्ग छ यो मन खेलाउँदै कुरा
लगाएर सारी भरेर चुरा
दङ्ग छ यो मन खेलाउँदै कुरा
उनलाई सम्झी सबेरै जाग्छु
वरदानमा उनकै लामो आयु माग्छु
मनको मन्दिरमा उनकै तस्वीर राख्छु
मनको मन्दिरमा उनकै तस्वीर राख्छु
तिलहरी लर्काउँदै कम्मरै मर्काउँदै
नाच्ने गाउने रहर भो
यो तीजको लहर हो
यो तीजको लहर हो
हातैमा मेहेन्दी निधारमा टीकी
नभुलौँ कहिल्यै चलेको रीति
हातैमा मेहेन्दी निधारमा टीकी
नभुलौँ कहिल्यै चलेको रीति
पन्छाउँदै मनको कालो बादल
चट्ट लगाउँदै आँखामा गाजल
बजाउँदै ताली घन्काउँदै मादल
बजाउँदै ताली घन्काउँदै मादल
तिलहरी लर्काउँदै कम्मरै मर्काउँदै
नाच्ने गाउने रहर भो
यो तीजको लहर हो यो तीजको लहर हो!
निभ्न कहिल्यै नदेऊ मनको बत्ती
प्रेम होस् हाम्रो जन्म-जन्मको
निभ्न कहिल्यै नदेऊ मनको बत्ती
प्रेम होस् हाम्रो जन्म-जन्मको
भुलेर दुःख खोली हासौँला
खुलेर चोखो माया गाँसौँला
साथी र सङ्गी झोमी नाचौँला
साथी र सङ्गी झोमी नाचौँला
तिलहरी लर्काउँदै कम्मरै मर्काउँदै
नाच्ने गाउने रहर भो
यो तीजको लहर हो
यो तीजको लहर हो!
बर्सिन्छन् आँखा झरी बनेर
म उडी जाऊँ चरी बनेर
बर्सिन्छन् आँखा झरी बनेर
म उडी जाऊँ चरी बनेर
हिडेर जाउ त सैयौ डाडा छ
खेलेको आगन धेरै टाढा छ
माइतीको माया मनमा गाढा छ
माइतीको माया मनमा गाढा छ
माइतीघर गएर चीटक्कै भएर
नाच्ने गाउने रहर भो
यो तीजको लहर हो
यो तीजको लहर हो!
जप्दै नाम मनको राजाको व्रत बस्ने हो
दियो र बात्ती पूजाको थाली उनकै लागि हो
तिलहरी लर्काउँदै कम्मरै मर्काउँदै
नाच्ने गाउने रहर भो
यो तीजको लहर हो
यो तीजको लहर हो





