Tan Man Bachan Le
by Bhakta Raj Acharya
"Taan Maan Bachan Le" (or Tan Man Bachanle) is a celebrated Nepali bhajan popularized by the legendary singer Bhakta Raj Acharya, often referred to as "Bhajan Shiromani". The song is a profound expression of total surrender to the divine, where the devotee pledges to sing the Lord's name with their entire being—their body (tan), mind (man), and words (bachan). The lyrics, written by Purushottam Sapkota, emphasize finding joy in chanting "Hare Rama, Hare Krishna" and viewing life's trials as a means of purification, much like gold shines brighter after passing through fire.
The bhajan carries a deep philosophical message about the relationship between the individual and the supreme, often using metaphors such as a drop of water (bindu) seeking the ocean (sindhu). It encourages practitioners to find God within themselves rather than searching externally, teaching that true devotion provides the strength to remain resilient and "smile even in the midst of thorns". Because of its moving melody and spiritual depth, it has become a staple in Nepali devotional music, frequently performed in temples and during religious gatherings like those at the Laxmi Narayan Mandir in Kathmandu.
तन, मन, बचनले प्रभु नाम गाउँ
'हरे राम! हरे कृष्ण!' भन्दै रमाउँ
ह आ आ आ आ आ
तन, मन, बचनले प्रभु नाम गाउँ
तन, मन, बचनले प्रभु नाम गाउँ
'हरे राम! हरे कृष्ण!' भन्दै रमाउँ
तन, मन, बचनले प्रभु नाम गाउँ
हरे राम! हरे! कृष्ण भन्दै रमाउँ
तन, मन, बचनले
पसी अग्नीमा स्वर्ण चम्कन्छ धेरै
फसी मोहमा बढ्छ चाहना धेरै
पसी अग्नीमा स्वर्ण चम्कन्छ धेरै
फसी मोहमा बढ्छ चाहना धेरै
त्यसैले प्रभु द्वन्द यो बुझ्न पाउँ
त्यसैले प्रभु द्वन्द यो बुझ्न पाउँ
सधैँ 'कृष्ण! कृष्ण!' भनी दिन बिताउँ
तन, मन, बचनले प्रभु नाम गाउँ
'हरे राम! हरे कृष्ण!' भन्दै रमाउँ
तन, मन, बचनले
सधैँ फूल हाँस्दछ काँडामा झुल्दै
तिमिभित्रै छौ, खोजी हिँड्छु म डुल्दै
सधैँ फूल हाँस्दछ काँडामा झुल्दै
तिमिभित्रै छौ, खोजी हिँड्छु म डुल्दै
बिपत्तिमा हाँस्ने म सामर्थ्य पाउँ
बिपत्तिमा हाँस्ने म सामर्थ्य पाउँ
'गोविन्द! गोपाल!' जपि खुब रमाउँ
तन, मन, बचनले प्रभु नाम गाउँ
'हरे राम! हरे कृष्ण!' भन्दै रमाउँ
तन, मन, बचनले
म हुँ बिन्दु भगवान, तिमि सिन्धु मेरो
म हुँ दास तिम्रो, तिमि स्वामी मेरो
म हुँ बिन्दु भगवान, तिमि सिन्धु मेरो
म हुँ दास तिम्रो, तिमि स्वामी मेरो
म जस्तो छु, जे छु, अरु के भनाउ?
म जस्तो छु, जे छु, अरु के भनाउ?
सधैँ 'कृष्ण! केशव!' भनी दिन बिताउँ
तन, मन, बचनले प्रभु नाम गाउँ
'हरे राम! हरे कृष्ण!' भन्दै रमाउँ
तन, मन, बचनले