धतुरो खाएर भष्म लगाउने
हात त्रिशुल शिरमा गंगा कति सुहाउने
हे भोलेनाथ तिमी दयाका खानी
भक्तका दुःखलाई हेर्छौ आफ्नै दुःख मानी
शंकर भोले बम् बम् बम्
शंकर भोले बम् बम् बम्
दर्शन गर्न पशुपति जाउँ
दर्शन गर्न पशुपति जाउँ
शंकर भोले बम् बम् बम्
शंकर भोले बम् बम् बम्
दर्शन गर्न पशुपति जाउँ
दर्शन गर्न पशुपति जाउँ
बाग्मती तिरमा शिवको धाम
बाग्मती तिरमा शिवको धाम
पशुपतिनाथ आहै क्या राम्रो नाम
बेलपत्र लिएर दर्शनलाई जाउँ
भोग लगाएर प्रसाद खाउँ
बम् बम् बम् आह… बम् बम् बम्
हे… शंकर भोले बम् बम् बम्
शंकर भोले बम् बम् बम्
दर्शन गर्न पशुपति जाउँ
दर्शन गर्न पशुपति जाउँ
हरिहर मन्दिर देवघाटैमा
हरिहर मन्दिर देवघाटैमा
नमः शिवाय जपि जाउँ है बाटैमा
शिवजी धाम संगम तिर
इच्छा पूरा हुन्छन् नमान है पिर
बम् बम् बम् आह… बम् बम् बम्
हे… शंकर भोले बम् बम् बम्
शंकर भोले बम् बम् बम्
दर्शन गर्न देवघाट जाउँ
दर्शन गर्न देवघाट जाउँ
कालीगंगा तिरैमा शंकर बसेका
कालीगंगा तिरैमा शंकर बसेका
शिरमा छनि चन्द्र र भष्म घसेका
बिराट सालिग्रामको दर्शन पाउँ
गण्डकी न्वाउन सेतीवेणी जाउँ
बम् बम् बम् आह बम् बम् बम्
हे… शंकर भोले बम् बम् बम्
शंकर भोले बम् बम् बम्
दर्शन गर्न सेतीवेणी जाउँ
दर्शन गर्न सेतीवेणी जाउँ
विष पान गरेर सृष्टि बचाए
विष पान गरेर सृष्टि बचाए
दुष्ट र पापीलाई दिन्छ सजाय
डमरु बजाएर नृत्य गरेका
असंख्य भक्तहरु शरण परेका
बम् बम् बम्, आह… बम् बम् बम्
हे… शंकर भोले बम् बम् बम्
शंकर भोले बम् बम् बम्
दर्शन गर्न त्रिवेणीमा जाउँ
दर्शन गर्न त्रिवेणीमा जाउँ
दर्शन गर्न पशुपति जाउँ
दर्शन गर्न देवघाट जाउँ
दर्शन गर्न सेतीवेनी जाउ
दर्शन गर्न त्रिवेणीमा जाउँ
दर्शन गर्न पहोहवा जाउँ
दर्शन गर्न बेनीधाम वेणी जाउँ
दर्शन गर्न मुत्तिनाथ जाउँ


