Birata Ko Chino
by Narayan Gopal
Birata Ko Chino is a stirring patriotic song that celebrates the courage and sacrifice of soldiers and freedom fighters. The song calls upon the younger generation to carry forward the legacy of those who shed their blood for the nation, urging them to write new chapters in history with their own hands. There's a deep sense of responsibility woven through the lyrics, reminding listeners that the stories of past heroes shouldn't be forgotten by the world. The song combines reverence for sacrifice with an inspiring call to action, suggesting that the youth have the power to shape a new dawn and create their own historical narrative. It's the kind of song that stirs national pride while emphasizing duty and continuity. The music pairs these meaningful lyrics with a melodic, modern arrangement that makes the message both emotionally resonant and accessible to contemporary audiences.
वीरताको चिनो वीरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी
वीरताको चिनो वीरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी
वीरताको चिनो वीरको सन्तान
जन्म लियौ यो भीरपखेरामा
रोज्नु छ आफै तिमीले यो माटो
उभिन खोज्ने कलिला खुट्टा
कोर्नु छ आफै तिमीले गोरेटो
अब तिम्रो हातमा उदाउनेछ
नयाँ इतिहासको नौलो बिहानी
वीरताको चिनो वीरको सन्तान
गर्भमै सिक्यौ खुकुरी चलाउन
पर्दैन सिक्न बारुद खेलाउन
नेपाली हौ तिमी संसारै जित्ने
पर्दैन वनको काँडालाई तिखार्न
अब खुकुरीसित कलम यो
दिन्छु तिमीलाई मेरो निशानी
वीरताको चिनो वीरको सन्तान
शहिदको रगत लाहुरेको निशानी
अब तिम्रो हातले लेख्नु छ
जुगले भुलेको हाम्रो कहानी
वीरताको चिनो वीरको सन्तान