जब आउँछु तिम्रो सामु
बिर्सन्छु अतितलाई
संसार त्यहि नै हो प्रिय
मेरो यो मन पनि
तर लाग्छ फेरी किन
आज संसार रंगीन
कि आँखाको हो यो सपना
कि हो साँचो यो बिपना
कि तिमी नै हौ चाहना मेरो
जीउने बाहना मेरो
कि तिमी नै हौ संगीत मेरो
तिमी नै हौ भनि देऊ
जब हात तिम्रो समाउँछु
बिर्सन्छु रोदनलाई
संसार त्यहि नै हो प्रिय
मेरो नयन पनि
तर भिज्दैन किन आज यो परेली
कि भ्रम हो यो मेरो
कि हो साँचो भावना
कि तिमी नै हौ चाहना मेरो
जीउने बाहना मेरो
कि तिमी नै हौ संगीत मेरो
तिमी नै हौ भनि देऊ
तिमीलाई नै सुम्पे जीवन यो मेरो
तिमीलाई नै ठाने जीवनसाथी मेरो
मेरी मायालु
तिमीलाई नै सुम्पे जीवन यो मेरो
तिमीलाई नै ठाने जीवनसाथी माया
कि तिमी नै हौ चाहना मेरो
जीउने बाहना मेरो
कि तिमी नै हौ संगीत मेरो
तिमी नै हौ भनि देऊ



