हिंडने कोसिसमा छु तिमी नजाउ न
उभिन खोज्छु म मलाई सम्हाल न
सानो सानो पाइला मेरो तिमी तिरै बोलाउ न
लडेर रुन्छु म मलाई हसाउँन मलाई फकाउँ न
थोरै नजिक आउँन टाढा नजाउँ न
अध्याँरोले डर लाग्छ लैजाला मलाई
बाबा बचाउ न डरलाई भगाउ न
पहिलो हार मेरो अनुभव सुनाउ न
हरेस खान्छु म मनोबल बढाउ न
धेरै कोसिस अनि पहिलो खुसी तिमी सम्हाल न
आँशु नझार न
थोरै नजिक आउँन टाढा नजाउ न
अध्याँरोले डर लाग्छ लैजाला मलाई
आमा बचाउ न डरलाई भगाउ न
ईश्वर मेरो लागि (सधै तिमी हौ )२
खुशी होस या दुख मेरो मनले पहिले सम्झिने
तिमी हौ (सधै तिमी हौ )२
थोरै नजिक आउँ न टाढा नजाउ न
थोरै नजिक आउँ न टाढा नजाउ न
अध्याँरोले डर लाग्छ लैजाला मलाई
आमा बचाउ न बाबा बचाउ न डरलाई भगाउ न




