सुन ओडेर चाँदी मा सुत्नेलाई
सुन ओडेर चाँदी मा सुत्नेलाई
धन मा जुट्ने निरधन मा फुट्ने लाई
कस्तो गीत गाउनु र सुनाउनु
मुटु पनि ढुङ्गाको हुनेलाई
मुटु पनि ढुङ्गाको हुनेलाई
सुन ओडेर चाँदी मा सुत्नेलाई
मानिसलाई सम्पतिको तराजुले जोख्छ मान्छे
माया पनि पत्थर माथि पानी जस्तै पोख्छ मान्छे
वचनको चिल्लो घस्ने कति खस्रो हुन्छ मान्छे
ज्यानै दिन्छु भन्ने लाई ठुलो धोका दिन्छ मान्छे
चोखो माया न चिन्ने मान्छे लाई
धन को पछि दौडने मान्छे लाई
सुन ओडेर चाँदी मा सुत्नेलाई
धन मा जुट्ने निरधन मा फुट्ने लाई
कस्तो गीत गाउनु र सुनाउनु
मुटु पनि ढुङ्गाको हुनेलाई
मुटु पनि ढुङ्गाको हुनेलाई
सुन ओडेर चाँदी मा सुत्नेलाई
फेरि आयो हुरीबतास नरोकिने गरी
दोबाटोमा जीवन किन पुग्छ घरिघरि
कस्ले बुज्छ मनको कुरा कसले वुज्छ मर्म
हदै रुँदै गर्नु पर्ने खोटो रहिछ कर्म
सुन ओडेर चाँदी मा सुत्नेलाई
सुन ओडेर चाँदी मा सुत्नेलाई
धन मा जुट्ने निरधन मा फुट्ने लाई
कस्तो गीत गाउनु र सुनाउनु
मुटु पनि ढुङ्गाको हुनेलाई
मुटु पनि ढुङ्गाको हुनेलाई
सुन ओडेर चाँदी मा सुत्नेलाई




