चर्किएको ऐना सरी फुट्यो हाम्रो माया
तिम्ले घात गरेपछि टुट्यो हाम्रो माया
चोखो माया गर्ने मेरो दिल तोडी गयौं
छुट्ने बेला चिनो आफ्नै फोटो छोडी गयौं
फोटो फिरिममा
कहिले मिलन कहिले बिछोड मया पिरिममा
फोटो फिरिममा
सधैं उस्तै नहुने यो मया पिरिममा
तिम्ले सास फेर्दा मात्रै मेरो मुटु चल्थ्यो
हेरे तिम्ले अन्त कतै भित्री मन जल्थ्यो
तिम्ले सास फेर्दा मात्रै मेरो मुटु चल्थ्यो
हेरे तिम्ले अन्त कतै भित्री मन जल्थ्यो
अझै पनि मेरा आंखा तिम्रै लागि रुन्छ
मलाई मात्रै यस्तो हो कि, सबलाई उस्तै हुन्छ
फोटो फिरिममा
कहिले मिलन कहिले बिछोड मया पिरिममा
फोटो फिरिममा
सधैं उस्तै नहुने यो मया पिरिममा
तिम्रै मात्र आउँछ मलाई सधै भरी झल्को
रमाएको सँगै अनि, रोएका ती पलको
तिम्रै मात्र आउँछ मलाई सधै भरी झल्को
रमाएको सँगै अनि, रोएका ती पलको
छोडी मलाई पराईको मनमै फुल्यौं होला
मैले मात्र सम्झेको छु, तिम्ले भुल्यौ होला
फोटो फिरिममा
कहिले मिलन कहिले बिछोड मया पिरिममा
फोटो फिरिममा
सधैं उस्तै नहुने यो मया पिरिममा
तिम्रै यादमा टोलाउँछु, तिम्रै यादमा रुन्छु
दैव कसम ढाट्या होईन्, पागल जस्तै हुन्छु
तिम्रै यादमा टोलाउँछु, तिम्रै यादमा रुन्छु
दैव कसम ढाट्या होईन्, पागल जस्तै हुन्छु
फक्रिएको मायाको फुल ओईली झरेपछि
तिम्लाई भुल्छु होला शायद मै मरेपछि
फोटो फिरिममा
कहिले मिलन कहिले बिछोड मया पिरिममा
फोटो फिरिममा
सधैं उस्तै नहुने यो मया पिरिममा
फोटो फिरिममा
कहिले मिलन कहिले बिछोड मया पिरिममा
फोटो फिरिममा
सधैं उस्तै नहुने यो मया पिरिममा




