केटि: आ आ आ
लैजाउ मलाइ भगाएर
मेरो सिउदो रङाएर
केटा: सानो-सानो घर छ मेरो रुद्रपुरको गाउँमा
गोरे बाबु भन्दै मलाई बोलाउँछन् त्यो ठाउँमा
नामले पाको कामले पाको कामी दाइको छोरो
ए नलाम् माया नखाम् कसम मनै मेरो मोरो साइँली
ए साइँली म सँगै जान्छौ र मैले छोको खान्छौ र
ए साइँली म सँगै जान्छौ र मैले छोको खान्छौ र
किन यति बुझ्नी भर अबुझकी बन्छौ
ओइलिएको फूल हुँ म त सिर सजाउँछु भन्छ्यौ
धर्ती-आकाश भेट भएको देख्याछौ र कहिल्यै
ए पूर्वै घामलाई हत्केलाले छेक्याछौ र कहिल्यै साइँली
ए साइँली मसँगै रुन्छ्यौ र मसँगै हाँस्छ्यौ र
ए साइँली मसँगै रुन्छ्यौ र मसँगै हाँस्छ्यौ र
अन्धो समाज अन्धो रित फेर्नी होला केरी
भोलि हाम्लाई अप्ठेरोले घेर्नी होला फेरि
तिम्रो माया मेरो माया हुन सक्छ घटी
ए रुँदैरुँदै बाँच्नुभन्दा बरु यसै जाती साइँली
ए साइँली म सँगै जिउँछ्यौ र म सँगै मर्छ्यौ र
ओ साइँली म सँगै जिउँछ्यौ र म सँगै मर्छ्यौ र
ए साइँली म सँगै जान्छौ र मैले छोको खान्छौ र
ए साइँली म सँगै रुन्छ्यौ र म सँगै हाँस्छ्यौ र
ओ साइँली म सँगै जिउँछ्यौ र म सँगै मर्छ्यौ र
ओ साइँली म सँगै जिउँछ्यौ र म सँगै मर्छ्यौ र
केटि: ए गोरे
आ आ आ
ला ला ला