कहिले तिम्रो पच्छ्यौरीमा अल्झें
कहिले तिम्रो चौबन्दिमा अल्झें
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झें
कहिले तिम्रो पच्छ्यौरीमा अल्झें
कहिले तिम्रो चौबन्दिमा अल्झें
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झें
नदेखे झै बाटो काटी
पर पुगि फर्कि हेर्दा
तिमी सँग आँखा जुधाई
मुटु भित्र राँको बल्दा
नदेखे झै बाटो काटी
पर पुगि फर्कि हेर्दा
तिमी सँग आँखा जुधाई
मुटु भित्र राँको बल्दा
कहिले त नामै भुले
आफु जाने ठामै भुले
तिमीलाई पच्छ्याई हिन्दा
ठोकिएर कति लडें
कहिले तिम्रो पर्खाइमा अल्झे
कहिले आँखा तर्काइमा अल्झे
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झें
मेरा सपना तिमी तिरै हामफाल्न पो थाले अचेल
आफ्नै ढुकढुकीमा पराए बास खोज्न थाले अचेल
मेरा सपना तिमी तिरै हामफाल्न पो थाले अचेल
आफ्नै ढुकढुकीमा पराए बास खोज्न थाले अचेल
खोजि रहुँ जस्तो लाग्छ
भेटि रहुँ जस्तो लाग्छ
तिम्रो घरको छेउ-छाउ
बसाइ सरुँ जस्तो लाग्छ
कहिले तिम्रो हसाइमा अल्झे
कहिले कुरा गराइमा अल्झे
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झें
कहिले तिम्रो पच्छ्यौरीमा अल्झें
कहिले तिम्रो चौबन्दिमा अल्झें
लोभ्याउने पासो थाप्यौ मायाको
आखिर तिम्रो जिन्दगीमा अल्झें



