झमझम.. झमझम पानी पर्यो असारको रात
बारीबाट बज्न लागे मकैका पात
जुनकिरीमा झल्याकझुलुक बलेसीको धारा
कहाँ होला.. कहाँ होला डाँडामाथि झुल्किएको तारा
झमझम पानी पर्यो असारको रात
बारीबाट बज्न लागे मकैका पात
संगीतको संसारमा कहाँनिर ब्यूँझिऊँ
आधा रातमा एक्लै उठी आज कसलाई सम्झिऊँ
म आज कसलाई सम्झिऊँ
रिमिझ्मिी धारासँगै गाऊँगाऊँ लाग्छ
जुनकिरीको.. जुनकिरीको साथ उडी जाऊँजाऊँ लाग्छ
झमझम पानी पर्यो असारको रात
कति मीठो आधा रातमै झुल्किएको तारा
अझ् मीठो मनमनै सम्झ्एिको प्यारा.. सम्झ्एिको प्यारा
सानी पनि गाउँछे मेरो वन पनि गाउँछ
हर्ष पनि.. हर्ष पनि आउँछ हजुर पीर पनि आउँछ
झमझम.. झमझम पानी पर्यो असारको रात
बारीबाट बज्न लागे मकैका पात
झमझम.. झमझम पानी पर्यो असारको रात
बारीबाट बज्न लागे मकैका पात




