हुन्छ मलाई बिहान त्यो क्षण,
तिम्रो आँखा खुल्छ जसै।
उठ प्राण तिमी, अब जाग न लौ,
अनि जाग्छ जुरुक्क जगै...२।
सपना नबुन बिपनामा, चाल बरु पाऊ।
पसिना छ र लौ माटोमा, रचना रच्दै जाऊ ।
हर्ताकर्ता तिमी यो जग को,
अझ प्राण पनि तिमी नै...२।
सब साहस हो जति जे भो, त्यो साहस तिम्रै।
स्वर्ग बनाउ या नर्कै, त्यो पनि हो तिम्रै।
गर जे गर लौ, जागेर गर,
हित होस त्यसले सबकै...२।
हुन्छ मलाई बिहान त्यो क्षण,
तिम्रो आँखा खुल्छ जसै।
उठ प्राण तिमी, अब जाग न लौ,
अनि जाग्छ जुरुक्क जगै...२।




