हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्
हाम्रो बाबु साह्रै नै चलाख
घर बेचेर हात पारे २० लाख
२० लाखले २० महिना मोज गर्यो
बिहे, पास्नी, बर्तमन भोज गर्यो
२० लाखले २० महिना मोज गर्यो
बिहे, पास्नी, बर्तमन भोज गर्यो
हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्
हाम्रो बाजे काठमाडौँ बासिन्दा
सय मुरी धान भर्थे सालिन्दा
हजुरमाले चाँदी मोर गनेर
जोड्दिन् जमीन सन्तानलाई भनेर
हजुरबाउको त्यो बिघ्न सम्पत्ति
बाउले बेच्दिए नातिको यो गति
हजुरबाउको त्यो बिघ्न सम्पत्ति
बाउले बेच्दिए नातिको यो गति
हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्
माइलाबाले नाम फेरे माइकल
जग्गा बेची मोटरसाइकल
माइकल आमा परिछन् खानदानी
खर्च धेरै केही छैन आम्दानी
हङ्कङ घुम्छन् दुईजना दम्पती
बेचीबेची पुर्खौली सम्पत्ति
हङ्कङ घुम्छन् दुईजना दम्पती
बेचीबेची पुर्खौली सम्पत्ति
हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्
मचाहिँ बीचको कान्छाबा जेठा छन्
२४ वर्षे अल्लारे केटा छन्
बिहानैदेखि नशाको खोजीमा
जग्गा बेच्या पैसा छ गोजीमा
मुख फुल्यो सिसीको विस्की ले
पैसा जति खाइदिए बोक्सीले
मुख फुल्यो सिसीको विस्की ले
पैसा जति खाइदिए बोक्सीले
हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्
५२ घुस्सा ५३ ठक्कर
मैले पनि खुब पाछु हन्डर
काम खोज्दा देखिन स्वदेशमा
रिन काटेँ जानलाई विदेशमा
पासपोर्टमा जाली छाप लाइदियो
१ लाख रुपियाँ बेइमानले खाइदियो
पासपोर्टमा जाली छाप लाइदियो
१ लाख रुपियाँ बेइमानले खाइदियो
हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्
हाम्रो बाबु साह्रै नै चलाख
घर बेचेर हात पारे २० लाख
हाम्री आमा साह्रै नै बाठी छन्
चामलसित पीठो पो साटिछन्
हाम्रो बाबु साह्रै नै चलाख
घर बेचेर हात पारे २० लाख



