खै त छोरि
बल्ल बल्ल माइत आउछे
आमा यता तयार भसकि
हैन के भाकी यो
गाउ घरका चेली बेटी
आउछन माइत बेला बेला
हाम्री लाइ त आखा लाग्यो कि
खै पार्नै गार्हो हुन्छ फेला
मया मारी भन्छन छोरी
टिका फुकाइ गराइराख
बुढी भएकी आमा लाइ त
भेट्न आए बेला बेला
दुखले हुर्काएकी छोरी निस्ठुरी
माइत नि आउदिना खै आज भोलि
छोरी त ज्वाइ संग मख्खा बरी लै
छोरी त ज्वाइ संग मख्खा बरी लै
हा छोरी त ज्वाइ संग मख्खा बरी लै
छोरी त ज्वाइ संग मख्खा बरी लै
छोरी त ज्वाइ संग मख्खा बरी लै
आमै
किन चित्त दुखाउछौ
आफ्नी छोरी खुशी हुदा
सदा सुखी हुनु भनी
आशिश दिया थियौ बिदा हुदा
छोरा भए काखमै बस्थे छोरी परे माइती टाढा
पर बसे माया धेरै झगडा गर्छौ नजिक हुदा
माया असाध्यै छ भारी का भारि
ल्याइद्याछु काइदा को यो रातो सारि
नाचौ न आमा छोरी चट्ट परेर्
नाचौ न आमा छोरी चट्ट परेर्
हा नाचौ न आमा छोरी चट्ट परेर्
नाचौ न आमा छोरी चट्ट परेर
मेरा पनि बुढा छन्
हाम्रा पनि घरजम छ त्
दुइ चार दिन छोड्दैमा खै
आकाश पुरै खस्दैन नि
भागेर नि गका पनि
माया मा नि माइत आ छन्
हुर्केउ बड्यौ यही आगनम
नाच्न गाउन मन लाउन्न र
(लाउछु नि )
दुखले हुर्काकी छोरी निष्ठुरि
माइत नि आउदिन खै आज भोलि
छोरी त ज्वाइ संग मख्खा बरी लै
छोरी त ज्वाइ संग मख्खा बरी लै
हा छोरी त ज्वाइ संग मख्खा बरी लै
छोरी त ज्वाइ संग मख्खा बरी लै
छोरी त ज्वाइ संग मख्खा बरी लै
कती सारो रिसाकी हुन
रिसाउदा नि हिस्सी देख्छु
(रिसा छैन्)
अफ्सरा नी मात खाने
मेरै आमा राम्री देख्छु
(नफुर्का भो)
तीजकाअ मादल घन्किदा पो
आमा नाच्या झल्को आउछ
घरमा सासु आमा संग
कुरो गर्दै तिर्खा मेट्छु
माया असाध्यै छ भारी का भारि
ल्याइद्याछु काइदा को यो रातो सारि
नाचौ न आमा छोरी चट्ट परेर्
नाचौ न आमा छोरी चट्ट परेर्
हा नाचौ न आमा छोरी चट्ट परेर्
नाचौ न आमा छोरी चट्ट परेर
किन चित्त दुखाउनु
आफ्नै छोरी खुशी भा छे
हाम्ले भन्दा धेरै माया
गर्ने असल बुढा पा छे
माइती पनि छ है
(त्यो त हो है )
कहिले कसो सम्झी दिए
माया गर्ने बुहारी छे
सधै चाडमा माइत जान्छे
दुखले हुर्काकी छोरी निष्ठुरि
माइत नि आउदिन खै आज भोलि
छोरी त ज्वाइ संग मख्खा बरी लै
छोरी त ज्वाइ संग मख्खा बरी लै
हा छोरी त ज्वाइ संग मख्खा बरी लै
छोरी त ज्वाइ संग मख्खा बरी लै
छोरी त ज्वाइ संग मख्खा बरी लै
तिमिले जस्तै माया गर्छिन्
धेरै राम्री सासु पा छु
माइत जस्तै धाक लगाएर्
छोरी जस्तै बस्न पा छु
तिमिले नै सिकाएका
चालचलन ले आज हेर्
लछ्छिनैले आमा तिम्रो
ढकमक्क फुली राछु
माया असाध्यै छ भारी का भारि
ल्याइद्याछु काइदा को यो रातो सारि
नाचौ न आमा छोरी चट्ट परेर्
नाचौ न आमा छोरी चट्ट परेर्
हा नाचौ न आमा छोरी चट्ट परेर्
नाचौ न आमा छोरी चट्ट परेर
यही चाडमा आयौ छोरी
तेसैले मन खुसी भा छ
मै बुढिको गनगन सुन्ने
त बिना खै अरु को छ्
(उस्)
नबगाउने खोलोलेनी
बर्ष दिनमा भेलै ल्याउछ्
अबदेखी अचानक
आउछे भन्ने भा छ
दुखले हुर्काकी छोरी निष्ठुरि
माइत नि आउदिन खै आज भोलि
छोरी त ज्वाइ संग मख्खा बरी लै
छोरी त ज्वाइ संग मख्खा बरी लै
हा छोरी त ज्वाइ संग मख्खा बरी लै
छोरी त ज्वाइ संग मख्खा बरी लै
छोरी त ज्वाइ संग मख्खा बरी लै
घर आउछु भन्दाभन्दै
कामले कहिले हिड्नै पाउन्न्
माइती पनि सम्झी रहन्छु
सानो चित्त गर्नु हुन्न्
ज्वाइले पनि घर जाउ भन्छन
टाढा जस्तो मान्दैनन है
आफनी आमा जस्तो गर्छन्
तिमिलाइ पराइ ठान्दैनन है
माया असाध्यै छ भारी का भारि
ल्याइद्याछु काइदा को यो रातो सारि
नाचौ न आमा छोरी चट्ट परेर्
नाचौ न आमा छोरी चट्ट परेर्
हा नाचौ न आमा छोरी चट्ट परेर्
नाचौ न आमा छोरी चट्ट परेर
यही चाडमा रमाइलो भो
ज्वाइ छोरी आकोले
झनै खुशी भा छु
म त यस्तो ज्वाइ पाकोले
यही चाडमा रमाइलो भो
ज्वाइ छोरी आकोले
झनै खुशी भा छु
म त यस्तो ज्वाइ पाकोले
अब जुनी काट्ने भयो ढुक्क भएर
अब जुनी काट्ने भयो ढुक्क भएर
लौ मेरो प्यारी आमै
मिठो हासो हास्देउन्
भोकाएर आकी छु म्
मिठो दर ख्वाइदेउन्
लौ मेरो प्यारी आमै
मिठो हासो हास्देउन्
भोकाएर आकी छु म्
मिठो दर ख्वाइदेउन्
पिटौला गफ
आमा छोरी मिलेर्
पिटौला गफ
आमा छोरी मिलेर्
नाचौ न आमा छोरि
चट्ट परेर्
नाचौ न आमा छोरि
चट्ट परेर
छोरी त ज्वाइ संग मख्खा बरी लै
छोरी त ज्वाइ संग मख्खा बरी लै
नाचौ न आमा छोरि
चट्ट परेर्
नाचौ न आमा छोरि
चट्ट परे





