हे
जाँदा खेरि आकाशैमा आउँदा बाकसैमा
लाउन खोज्दा सिन्दुरको भाँडो खस्यो भुइँमा
यतातिर भाँडो खस्ने उता प्राण जाने
बिरानाे त्याे मुलुकमा कस्ले देला पानी
परदेशी हुँदैन भर
हे बरै फर्किने आशमात्रै
के रै छ र जिन्दगी भन्नू
हे बरै एक मुठ्ठि सास मात्रै
हे बरै एक मुठ्ठि सास मात्रै
धन ल्याउछु भन्दै गएका थियाै उडेर आकाशमा
कस्ताे भइ गयाै कस्ताे भइ आयाै काठैकाे बाकसमा
संगै जाम स्वर्ग भनेकाे भए मै जाने थिइन र
जबाफ देउ प्यारा एक बचन बाेल् बोल्दैनौ किन र
बाेल माया एक वचन बाेल
तिम्रै बाेलि छ मलाई अन्माेल
बाेल माया एक वचन बाेल
तिम्रै बाेलि छ मलाई अन्माेल
तिम्रै बाेलि छ मलाइ अन्माेल
कमाउला रमाउला भनी हे बरै गएको उडेर
लैदियाे हितैकाे प्राण हे बरै दैबले चुडेर
लैदियाे हितैकाे प्राण हे बरै दैबले चुडेर
सासुले भन्लिन् छाेरालाई खाइदिइ ससुरा के भन्लान्
समाजले पनि फलानि सार्है अलक्षिनि छे भन्लान्
तिम्लेनै दिएको सिन्दुर र चुरा कहाँ राखौ के गराै
बिचैमा छाेडि जानेले किन भनेउ र बिहे गरम्
बाेल माया एक वचन बाेल
तिम्रै बाेलि छ मलाई अन्माेल
बाेल माया एक वचन बाेल
तिम्रै बाेलि छ मलाई अन्माेल
तिम्रै बाेलि छ मलाइ अन्माेल
परदेशी हुँदैन भर
हे बरै फर्किने आशमात्रै
के रै छ र जिन्दगी भन्नू
हे बरै एक मुठ्ठि सास मात्रै
के रै छ र जिन्दगी भन्नू
हे बरै एक मुठ्ठि सास मात्रै
स्वर्गकाे बाटाे अफ्ठेरो हाेला कसरी जाउला नि
एक मुठ्ठी पानी खुवाउननी पाइन तिर्खा पाे लाउला नि
सति जाम भने याे निर्दोष सन्तान हुर्क्या छ पेटमा
पेटकाेलाई संसार देखाएर आउछु पर्खे है गेटमा
बाेल माया एक वचन बाेल
तिम्रै बाेलि छ मलाई अन्माेल
बाेल माया एक वचन बाेल
तिम्रै बाेलि छ मलाई अन्माेल
तिम्रै बाेलि छ मलाइ अन्माेल
जिन्दगी खरानी भयाे हे बरै बग्यो नि तिरै तिर
जानीलाई हाई सुखै भयाे हे बरै बस्नीलाई पिरै पिर
जिन्दगी खरानी भयाे हे बरै बग्यो नि तिरै तिर
जानीलाई हाई सुखै भयाे हे बरै बस्नीलाई पिरै पिर
बाेल माया एक वचन बाेल
तिम्रै बाेलि छ मलाई अन्माेल
बाेल माया एक वचन बाेल
तिम्रै बाेलि छ मलाई अन्माेल
तिम्रै बाेलि छ मलाइ अन्माेल




