अमूल्य मेरो मेरो जीवन
उपहार तिम्रै नै हो
कोसेली धेरै धेरै चोखो
तिम्रै मायाको प्रतिक हो
तिम्रो न्यानो काख भरि
कति सपना मैले देखें
समाई तिम्रा हातहरु
कति बाटो म हिडें
संसार तिमी नै हौ आमा
अपार तिमी नै छौ आमा
हे आमा हे आमा हे आमा
संसार तिमी नै हौ आमा
अपार तिमी नै छौ आमा
सबै रुप तिम्रो माया सरी
तिमी नै मेरो धर्तीको परी
बलिदान तिम्रो नि:स्वार्थ छ
यो माया तिम्रो चोखो छ
कालो कालो रातमा
धेरै दुख्ने घातमा
तिमीले मलाई सम्हाल्यौ
धेरै घाउमा धेरै बिझ्ने पिडामा
तिमीले मलाई सम्हाल्यौ
तिम्रै निम्ति म हाँसी दिन्छु
तिम्रै निम्ति म बाँची दिन्छु
संसार तिमी नै हौ आमा
अपार तिमी नै छौ आमा
आँशु मेरो पुछि दियौ
दुख मेरो बुझि दियौ
हरेक पल सुख दिन चाह्यौ
बाटो मलाई देखाई दियौ
दियो मेरो जलाई दियौ
उज्यालो जीवन बनाइदियौ
तिम्रै निम्ति म हाँसी दिन्छु
तिम्रै निम्ति म बाँची दिन्छु
संसार तिमी नै हौ आमा
अपार तिमी नै छौ आमा
हे आमा हे आमा
संसार तिमी नै हौ आमा
अपार तिमी नै छौ आमा
अमूल्य मेरो मेरो जीवन
उपहार तिम्रै नै हो



