Timile Diyeko Mayalu Kosheli Harule
by Tara Devi
"Timile Diyeka Mayalu" stands as a monumental masterpiece from the Golden Era of modern Nepali music, celebrated for its profound emotional depth and poetic brilliance. The track is a timeless collaboration featuring lyrics by Chandani Shah (the late Queen Aishwarya), music composition by the legendary Natikaji Shrestha, and vocals by the "Nightingale of Nepal," Tara Devi. The song beautifully transcends a personal romance into a broader philosophical reflection on artistic expression and human connection. Its poignant lyrics explore how private intimacies and individual stories morph over time to cross emotional boundaries, eventually taking shape as melodies and enduring works of art that belong to the collective consciousness of the public.
The musical arrangement perfectly complements its heavy, lyrical thematic core. Natikaji’s composition relies on classical Nepalese melodic structures that capture a bittersweet, nostalgic aura, while Tara Devi's masterful vocal delivery carries a sense of elegant vulnerability. For decades, the track was preserved through Radio Nepal broadcasts and vinyl/cassette anthologies like Chandani Shah Ka Geet Part-1. Today, it remains highly revered by generations of Nepalese listeners as an artistic triumph, continuing to garner appreciation on modern streaming platforms and through dedicated digital archives like the official Natikaji Shrestha YouTube Channel.
तिमीले दिएका मायालु कोसेलीहरूले
मान्छेलाई मायाप्रति आस्था जन्माएन्
तिमीले दिएका खुसी र उमङ्गहरूले
मान्छेलाई खुसीप्रति आशा दिलाएछन्
तिमीले दिएका मायालु कोसेलीहरू ले
हुन त तिम्रो र मेरो घरायसी माया हुन पर्ने हो
तर आज हाम्रो मायाले तिमी र म को परिधि तोडेछ
हुन त यो तिम्रो र मेरो परस्पर खुसी हुन पर्ने हो
तर आज हाम्रो खुसीले हामी दुइको सीमा नाघेछ
तिमीले दिएका मेरा यि भावनाहरूले
आज हेर् अरू कतिलाई ब्युझाएछन
तिमीले दिएका मेरा यि प्रेरणाहरुले
अली अलि कतै धेरै लाइ रङाएछन
तिमीले दिएका मायालु कोसेलीहरू ले
हुन त यो तिम्रो र मेरो व्यक्तिगत प्रित हुन पर्ने हो
तर आज हाम्रो प्रित यो कती गीतको सङ्गीत बनेछ
हुन त यो तिम्रो र मेरो व्यक्तिगत प्रित हुन पर्ने हो
तर आज हाम्रो प्रित यो कती गीतको सङ्गीत बनेछ
हुन त तिम्रो र मेरो आपसको कथा हुन पर्ने हो
तर आज हाम्रो कथाले कति कलाको आकार कोरेछ
तिमीले दिएका मायालु कोसेलीहरूले
मान्छेलाई माया प्रति आस्था जन्माएछन्
तिमीले दिएका खुसी र उमङ्गहरूले
मान्छेलाई खुसीप्रति आशा दिलाएछन्
तिमीले दिएका मायालु कोसेलीहरू ले