तिमीलाई चाहिसके मैले
तिमीलाई यो मनमा राखिसके मैले
जबा देखे तिमीलाई यो आँखाले
आफुलाई सम्हाल्नै नसक्ने भए म
यो मेरो मन मस्तिस्कमा
तिमी मात्रै सधै आइरहन्छौ
भन अब तिमी मेरो पहिलो माया हो कि होईन
तिमीलाई देखेपछी किन किन किन किन
यो मेरो मन बश्मा छैन
भन अब तिमी मेरो पहिलो माया हो कि होईन
तिमीलाई ...
यो के भयो मलाई तिमीलाई देखेर
जुनी भरी बस्न सक्छु तिमीलाई हेरेर
देख्छु मन मेटेर
गर्न चाहन्छु कुरा तिमीलाई भेटेर
अब त आइ देउ माया लगाइ देउ
जिवन उज्यालो छ हासेर देखाइदेउ
म गीत गाँउछु तिमी नाचेर देखाइदेउ
म प्रेम प्यासी तिमी तृश्णा मेटाइदेउ
तिम्रो त्यो मुस्कानमा
म डुबी डुबी रहन पाँउ
तिमीमा डुबेर म
आफैमा हराउन पाँउ
तिमीलाई भेटेपछी किन किन किन किन
तिम्रो मात्र याद आइरहन्छ
भन अब तिमी के यो पहिलो माया हो कि होईन
तिमीलाई देखेपछी किन किन किन
यो मेरो मन बसमा छैन
भन अब तिमी मेरो पहिलो माया हो कि होईन
तिमीलाई...
तिमी नै छौ यो मेरो मन मस्तिस्कमा
सक्दिन बिर्सन तिमीलाई एकछिन किन
आइदेउ जिवनमा राख्नेछु
तिमी नै तिमी अरु कसैलाई म देख्दिन
सम्हाल्नै सकिन किन मैले आफुलाई
सुनी देउ तिमी बुझी देउ मेरो भावनालाई
हात समाइ फेरी तिमीलाई कैले छोड्ने छैन
तिमी नै भन मलाई यो माया हो कि होईन
तिमीलाई चाहिसके मैले
तिमीलाई यो मनमा राखिसके मैले




