Tadha Tadha
by Yabesh Thapa, Oshin Karki
"Tadha" is a warm indie-acoustic single by popular Nepali singer-songwriter Yabesh Thapa, featuring the soft, atmospheric vocals of Gen-Z music sensation Oshin Karki. Released in 2026 as part of Thapa's highly anticipated album GhaamChhaya, the track beautifully explores the concept of long-distance love. Though the word Tadha translates to "far away," the song consciously steers clear of overwhelming sorrow. Instead, Thapa frames physical separation as a mere plot point in a grander love story, infusing the melody with comfort, playfulness, and a sense of deep-seated security.
The lyricism of the song relies on natural elements to bridge the gap between two lovers, using poetic lines where one talks to the sun while the other speaks to the moon. The central theme is anchored in the catchy, reassuring chorus, "Tadha tadha bhayeni, mero maya chai gaadha gaadhai cha" ("Even if we are far apart, my love for you remains deep and intense"). Thapa actually carried the conceptual idea of the song for nearly four years before its completion, finding the missing piece when Karki lent her voice to the track.
नजिक आउन गुनगुनाउन
पिरतीका धुन तिमीले जाने जति
माया लाउन नडराउन
हेर न म छु छौ तिमी पनि
हामीबिचको दुरी एउटा
बाधा मात्रै हो
कथामा एकदुई ओटा
अपूर्णता नभए त के मजा भो
तिमी घामसँग बात गर जुनसँग बोल्छु म
तिमी बतासमा उडिआउनु बादलमाथि हुन्छु म
तिमी टाढैबाट सुन्ने गर्नु गीत गाउँदै हुन्छु म
मायाका मायाका
टाढा-टाढा भए नि
मेरो माया चाहिँ गाढा गाढै छ
अधुरो कुरो मुटु मेरो
तिमी भए फल्दो फुल्दै छ
टाढा-टाढा माया टाढा-टाढा तिमी
टाढा-टाढा धेरै टाढा-माया
टाढा-टाढा माया टाढा-टाढा तिमी
टाढा-टाढा धेरै टाढा-माया
टाढा तिमी छौ तर माया चाहिँ मेरो
गाढै नै छ कारण माया मेरो चोखो
बिहानी सवेरै उठेर तिमी सम्झन्छु
सुनिराछौ होला भनी आशा बोकी भन्छु
तिमी जुनसँग बात गर घामसँग बोल्छु म
तिमी बादलमा बस बतासमा उडिआउँछु म
तिमी गीत गाइराख्नु टाढाबाट सुन्दै गर्छु म
मायाका मायाका
टाढा-टाढा भए नि
मेरो माया चाहिँ गाढा गाढै छ
अधुरो कुरो मुटु मेरो
तिमी भए फल्दो फुल्दै छ
टाढा-टाढा माया टाढा-टाढा तिमी
टाढा-टाढा धेरै टाढा-माया
टाढा-टाढा माया टाढा-टाढा तिमी
टाढा-टाढा धेरै टाढा-माया
टाढा-टाढा माया टाढा-टाढा तिमी
टाढा-टाढा धेरै टाढा-माया
टाढा-टाढा माया टाढा-टाढा तिमी
टाढा-टाढा धेरै टाढा-माया