ओ ओ नाना नाना हो (दिंगगल्मा) - 12
पारुहांगलाई पैसा राखी उसैलाई मागेको
सुम्निमाको कसम खान्छु,छैन है ढाँटेको
धरानैम सँगसँगै चण्डी नाचेको,
बुढासुब्बा बाँसैभरि प्रीति गाँसेको
ए नानु-ए नानु लौन हो मन भुल्यो के गरुँ
सोई-सोई ला हो हुर्र हा हा - 2
सोई ढोले सोई,अर्को ढोले खोई
अर्को ढोले खोई हो अर्को ढोले खोई
ओ ओ नाना नाना हो (दिंगगल्मा) - 12
जे जे होला,जसो होला ल्याउँछु, ल्याउँछु
म,कठुवाभरि वासिम पुर्याउन लान्छु म
यलाम्बरको आशिर्बाद छ मेरो शीरमाथि,
दुनियाँले के नै गर्छ मन मिलेपछि
ए नानु-ए नानु लौन हो,मन मिल्यो के गरुँ
सोई-सोई ला हो हुर्र हा हा - 2
सोई ढोले सोई,अर्को ढोले खोई
अर्को ढोले खोई हो अर्को ढोले खोई




