(सबैलाई म मरीमरी बाँचेको हेर्न मन रहेछ
मायाको थैलीमा विश्वास नअँटेको मेरो
धोको समग्रमा सबैको एउटै त होला
धोको समग्रमा सबैको एउटै त होला
चाहना पुर्याउँदैछु मेरो लास आज हेर
मेरो लास आज हेर)
सपनाहरू सबै हे ईश्वर जहर भयो
सपनाहरू सबै हे ईश्वर जहर भयो
एक त्यान्द्रो जिन्दगी हाँस्ने जीवनमा साह्रै रहर भयो
एक त्यान्द्रो जिन्दगी हाँस्ने जीवनमा साह्रै रहर भयो
सपनाहरू सबै हे ईश्वर जहर भयो
(जति भोग्नु थियो लेखनमा भोगेँ अब सकिनँ
जति थाम्नु थियो जीवनमा थामेँ अब सकिन
धोको समग्रमा सबैको एउटै त होला
धोको समग्रमा सबैको एउटै त होला
ढुकढुकी बिसाउँदैछु मेरो लास आज हेर
मेरो लास आज हेर)
मायाको किरणमा औँसीको रात पर्यो
मायाको किरणमा औँसीको रात पर्यो
मिलनको यात्रामा बिछोडको बास पर्यो
पराई भो माया पराई भो माया
पराई भो माया पराई भो माया
सपनाहरू सबै हे ईश्वर जहर भयो
(मेरो सम्झना कसैको परेलीमा फुलेछ भने
मेरो सम्झना कसैको परेलीमा फुलेछ भने
मेरो बचनले कसैको जिन्दगी दुखेछ भने
धोको समग्रमा सबैको एउटै त होला
जीवन अड्याउँदै छु मेरो लास आज हेर
मेरो लास आज हेर)
जीवनलाई सजाउँ भन्थे मुस्कानका तरेलीमा
जीवनलाई सजाउँ भन्थे मुस्कानका तरेलीमा
टिठ्याउने पराई भैदियो सम्झना केवल परेलीमा
पराई भो माया पराई भो माया
पराई भो माया पराई भो माया
सपनाहरू सबै हे ईश्वर जहर भयो
सपनाहरू सबै हे ईश्वर जहर भयो
एक त्यान्द्रो जिन्दगी हाँस्ने जीवनमा साह्रै रहर भयो
एक त्यान्द्रो जिन्दगी हाँस्ने जीवनमा साह्रै रहर भयो
सपनाहरू सबै हे ईश्वर जहर भयो




