सम्झनामा तिमीलाई मेटाउन गार्हो छ
धड्कनबाट सजिलै हटाउन गार्हो छ
सार्हो छ गार्हो छ...
यो मनको कुना छेउ अरु मान्छे अटाउन
गार्हो छ सार्हो छ...
केहि नबोलेर धेरै धेरै कुरा भन्ने तिम्रो नजरको
(भाका बुझ्न गार्हो छ ) - x२
सम्झनामा तिमीलाई मेटाउन गार्हो छ
गार्हो छ...
(I'm gonna miss u ohhh god ) - x२
तिमी बिना सुरु नै हुन्न बिहानीको पहिलो किरण
जब तिमी सामु पाउँछु शितल हुन्छ मनको जलन
प्यारो लाग्छ त्यहि दिन त्यहि रात मलाई सधै
बितिसक्यो एउटा जूनी याद छ अहिले पनि
केहि नबोलेर धेरै धेरै कुरा भन्ने तिम्रो नजरको
(भाका बुझ्न गार्हो छ...) - x२
(I'm gonna miss u ohhh god ) - x२
आगो सरी जलन हुन्छ मिठा मिठा भावनाले
छट्पट्टी बढ्न थाल्छ बिगतका कल्पनाले
सकिएला जस्तो छैन तिमी बिना जिउन पनि
डर लाग्छ तिम्रो साथ पाउँदिन कि जहिले पनि
केहि नबोलेर धेरै धेरै कुरा भन्ने तिम्रो नजरको
(भाका बुझ्न गार्हो छ...) - x२
सम्झनामा तिमीलाई मेटाउन गार्हो छ
गार्हो छ...



