Sabai Thikai Huncha is a deeply introspective song about resilience and self-reassurance in the face of life's difficulties. The lyrics paint a picture of someone navigating through emotional fragmentation, standing at crossroads uncertain of which path to take, while pushing past obstacles and chasing dreams. It's a song about the internal dialogue we have with ourselves when things feel overwhelming.
The core message revolves around a simple but powerful mantra: everything will be okay. When the heart feels shattered and breaking apart, Astha Tamang Maskey reminds us that we can comfort ourselves with this belief. The song acknowledges that pain runs deep, that old wounds can resurface unexpectedly, and that tears flow from more than just the eyes. Yet through it all, there's a gentle insistence on hope and acceptance. This is music for those moments when you need to be your own source of strength and comfort.
टुक्रा टुक्रा भएको मनलाई सम्हालेर हिंडेको छु म
चौबटाहरुमा अलम्ली उभिएको छु म
बाधाहरुलाई फुकाउदै,
सपनाहरुलाई पच्छ्याउदै हिंडेको छु म
धुजा धुजा मन टाल्ने जब कोशीस हुन्छ
आफैलाई सम्झाउछु सबै ठिकै हुन्छ
जब मनमा भर्खर नया चोट लाग्छ
आफैलाई सम्झाउछु,
सबै ठिकै हुन्छ
आँशुले आँखा मात्र भिज्दैन
सिरानी पनि भिज्छ
नयासित पुरानो चोट फेरी ताजा हुन्छ
धुजा धुजा मन टाल्ने जब कोशीस हुन्छ
आफैलाई सम्झाउछु सबै ठिकै हुन्छ
जब मनमा भर्खर नया चोट लाग्छ
आफैलाई सम्झाउछु,
सबै ठिकै हुन्छ
जोड्ने कोशीसमै बिलाउछु कि म
दु:ख दु:खमै हराउछु कि म
निको नहुँदै बल्झेला कि चोट
समयलाई पर्खिदा पर्खिदै
धुजा धुजा मन टाल्ने जब कोशीस हुन्छ
आफैलाई सम्झाउछु सबै ठिकै हुन्छ
जब मनमा भर्खर नया चोट लाग्छ
आफैलाई सम्झाउछु,
सबै ठिकै हुन्छ