चौतारीको बरपीपल मायालुको नजर
माया संगै बस्ने रहर
चौतारीको बरपीपल मायालुको नजर
माया संगै बस्ने रहर
ए.. नि हजुर घाम लाग्यो घमाईलो
जता हेरे पनि हजुर पुर्वै रमाइलो
जता हेरे पनि हजुर पुर्वै रमाइलो
आ हा हा हा
आ हा हा हा
ए नि बरी लै बरी लै बरी लै लै लै
रुपै राम्रो सिंगारेर साथी राम्रो मिलेर
माया राम्रो दिलै खोलेर
रुपै राम्रो सिंगारेर साथी राम्रो मिलेर
माया राम्रो दिलै खोलेर
साईनो के छ थाहा छैन
आफ्नै लाग्छ देखेर
दुई बचन मिठो बोलेर
ए...नि हजुर घाम लाग्यो घमाईलो
जता हेरे पनि हजुर पुर्वै रमाइलो
जता हेरे पनि हजुर पुर्वै रमाइलो
धनकुटाको पानी मिठो धरानको पियार
जिवन बिताऊ यही बसेर
धनकुटाको पानी मिठो धरानको पियार
जिवन बिताऊ यही बसेर
तिम्रो माया मुरीमुरी मेरो माया सागर
संग संगै बसौ मिलेर
ए...नि हजुर घाम लाग्यो घमाईलो
जता हेरे पनि हजुर पुर्वै रमाइलो
जता हेरे पनि हजुर पुर्वै रमाइलो
झापा खेती केटी हेर्नु
इलाम र पाचथरकी
ताप्लेजुङ को तोङ्बा सुकुटी
झापा खेती केटी हेर्नु
इलाम र पाचथरकी
ताप्लेजुङ को तोङ्बा सुकुटी
बिराटनगर साईनो पर्यो
दमक पर्यो छिमेकी
भेट्घाट गर्न बिर्ता इटहरी
ए...नि हजुर घाम लाग्यो घमाईलो
जता हेरे पनि हजुर पुर्वै रमाइलो
जता हेरे पनि हजुर पुर्वै रमाइलो
तेरथुमको ह्याक्थुम झरना
तिनजुरे को रनवन
झरना जस्तै चोखो हाम्रो मन
तेरथुमको ह्याक्थुम झरना
तिनजुरे को रनवन
झरना जस्तै चोखो हाम्रो मन
कञ्चनजंघा पाथीभरा
सगरमाथा हाम्रो धन
जति हेर्यो लाग्छ हेरौ झन्
ए...नि हजुर घाम लाग्यो घमाईलो
जता हेरे पनि हजुर पुर्वै रमाइलो
जता हेरे पनि हजुर पुर्वै रमाइलो
हलेसी मा भाकल गर्नु
बाँचा गर्नु माई मा
बिस्वाश गर्नु साथीभाई मा
हलेसी मा भाकल गर्नु
बाँचा गर्नु माई मा
बिस्वाश गर्नु साथीभाई मा
पुर्वेलीको संस्कार राम्रो
आफ्नै लवाई खुवाई मा
मिली बस्ने दाजुभाई मा
ए...नि हजुर घाम लाग्यो घमाईलो
जता हेरे पनि हजुर पुर्वै रमाइलो
जता हेरे पनि हजुर पुर्वै रमाइलो
जता हेरे पनि हजुर पुर्वै रमाइलो
जता हेरे पनि हजुर पुर्वै रमाइलो
पुर्वै रमाइलो
पुर्वै रमाइलो
पुर्वै रमाइलो





