फूलहरू मुस्काउँछन् तिमीले देख्छौ र?
पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र?
फूलहरू मुस्काउँछन् तिमीले देख्छौ र?
पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र?
फूलहरू मुस्काउँछन् तिमीले देख्छौ र?
पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र?
ला-रा-रा-ना-ना
ए, आ-हा-हा, आ-हा-हा, हे, म
जून हेर्नू तिमी, माथि-माथि सगरको
जून हेर्नू तिमी, माथि-माथि सगरको
म हेर्छु मेरो जून तिम्रो नजरको
म हेर्छु मेरो जून तिम्रो नजरको
हो, चिना-रेखा केही देखाउन्न, म भाग्य फेरौँला
तिमी बिहान-साँझ मेरो, तिम्रै बाटो हेरौँला
हो, तिमी बिहान-साँझ मेरो, तिम्रै बाटो हेरौँला
फूलहरू मुस्काउँछन् तिमीले देख्छौ र?
पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र?
लेकैमा कुहिरो पर्खिरहेछ
सिमसिम-सिमसिम हिउँपानी बर्षिरहेछ
सिमसिम-सिमसिम हिउँपानी बर्षिरहेछ
फूलहरू मुस्काउँछन् तिमीले देख्छौ र?
पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र?
फूलहरू मुस्काउँछन् तिमीले देख्छौ र?
पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र?
तिमीबिना तिमी हुनू
नछोएरै हरदम छुनू
भेटिरहनू नपर्खेर
रुझाइरहनू नबर्सेर...
ए, आ-हा-हा, आ-हा-हा, बुकीफूल
तिमीजस्तै न्यानो, हो
तिमीजस्तै शीतल
ऊनको स्विटर
फूलहरू मुस्काउँछन् तिमीले देख्छौ र?
पुतलीले गीत गाउँछन् तिमीले सुन्छौ र?




