[ओराली लागेको, हरिणको चाल भो।
बाचुन्जेल सम्मपनि मरेकै हाल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले।] ...२
[मुहारै राम्रो शिरिष जस्तो, जुनतारा हार खाको।
त्यो जोडी देख्दा, सबैले भन्थे, इश्वरकै वर पाको।]...२
माया त रैछ धारिलो छुरा, रेटिनै पर्यो नि ...२ ।
बासै उठाउने, कस्तो यो खेल भो?
जीवनमा धेरै-धेरै, धेरै नै झेल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले। ...२
[सबैको देख्छु हासी र खुशी, सिखर को बाटो मा।
आफ्नो त बरै भाग्य नै फाट्यो मायाकै फाटोमा।] ...२
दुइ-चार दिनको त्यो मृगतृष्णा, क देख्नु पर्यो नि ...२।
झिरै मा उनेको माछी झैँ हाल भो।
जिन्दगी देखि अब, खुशी नै पार भो।
छल गर्यो मायाले, छल गर्यो मायाले। ...२
झिरै मा उनेको माछी झैँ हाल भो।
जिन्दगी देखि अब, खुशी नै पार भो।
छल गर्यो मायाले, छल गर्यो मायाले। ...२
ओराली लागेको, हरिणको चाल भो।
बाचुन्जेल सम्मपनि मरेकै हाल भो।
छल गर्यो मायाले, छल गर्यो मायाले। ...५




