Nashalu Nayan Malai is a deeply emotional love song that explores themes of devotion, beauty, and the transformative power of love. The lyrics paint an intimate picture of someone asking for intoxicating eyes (a metaphor for a lover's captivating gaze) and the beauty that comes with deep connection. There's a yearning quality to the song, with the narrator expressing how they want to make their beloved's beauty their own, to cherish it and build a life around it. The song touches on the idea that life needs one special person to add color and meaning, and that true love involves giving everything of oneself, body and soul. It's a romantic plea wrapped in poetic language, where the narrator promises to keep their beloved's heartbeat alive within their own heart, suggesting a kind of eternal togetherness. The overall mood is tender, passionate, and deeply sincere, capturing that feeling of being completely enamored and wanting to dedicate one's entire existence to another person.
नशालु नयन मलाई देऊ (आफ्नो बनाउँछु )
(जमेको पानीको फोका के आफ्नो बनाउँछौ ) - २
मलाई सौन्दर्य सुम्पिदेऊ (त्यसैलाई सजाउँछु ) - २
(यो छाँया जस्तै रूपलाई किन मनमा बसाउँछौ ) - २
नशालु नयन मलाई देऊ (आफ्नो बनाउँछु ) - २
(साहारा एक चाहिन्छ जीवनमा रंग सजाउन
सबै सुम्पेर तनमन नै जीवन मधुमास बनाउन ) - २
मायाको स्नेहलाई टिप्दै जीवन ज्योति बनाउँछु
सधै चल्ने त्यो मुटुमा स्पन्दन भै बसिदिन्छु
नशालु नयन मलाई देऊ (आफ्नो बनाउँछु ) - २
(तिमी आकाश हौ मेरो जीवन रसिलो बनाउने
तिम्रो माटो मेरो मुटु अटुट नाता जनाउने ) - २
जीवन बत्ति बनाएर अध्याँरो दुर गरिदिन्छु
बास ति बस्ति सिरिथिएर नयाँ याम थपि दिम्न्छु
नशालु नयन मलाई देऊ (आफ्नो बनाउँछु ) - २
(जमेको पानीको फोका के आफ्नो बनाउँछौ ) - २
मलाई सौन्दर्य सुम्पिदेऊ (त्यसैलाई सजाउँछु ) - २
(यो छाँया जस्तै रूपलाई किन मनमा बसाउँछौ ) - २
नशालु नयन मलाई देऊ (आफ्नो बनाउँछु ) - २
नशालु नयन मलाई देऊ (आफ्नो बनाउँछु ) - २