केटा:
लेकै फुल्यो गुरास्
मगमगायो बेस्सरि
भेट्नु रैछ यसरि
म्याग्दी रुमाले
अन्जुलीले थापेर पस्किदेउ पिरती
मालुको पातैमा म्याग्दी रुमाले
केटि:
बर्खे झरी नया
रुखैभरी आकुरि
भेट भो जाले माकुरी
बेनी बजारमा
नजिस्क्याउ हासेर
राखे दिलमा बाधेर
नजरैको तुनामा ला म्
बेनी बजारमा
केटा:
म्याग्दी रुमाले ए निर म्याग्दी रुमाले
म्याग्दी रुमाले ए निर म्याग्दी रुमाले
माहोलै मिठो भयो हजुर भेटै हुनाले
माहोलै मिठो भयो हजुर भेटै हुनाले
केटि:
बेनी बजारमा ए निर बेनी बजारमा
बेनी बजारमा ए निर बेनी बजारमा
लाखौको पिरिम मेरो हजुर नलाउ हतारमा
लाखौको पिरिम मेरो हजुर नलाउ हतारमा
केटा:
मै लैजाउला फुल जस्तै टिपेर
दुइटा फोटो राखौला खिचेर
रखौला खिचेर म्याग्दी रुमाले
केटि:
बिर्सिए पाखा सम्जिए लाकै हो
कुन कुन नि कस्तो छ लोभी आखै हो
लोभी त्यो आखै हो बेनी बजारमा
केटा:
सुन लाउली शिरै देखी पाउ सम्म
सम्पती छ है देखिने ठाउसम्म
देखिने ठाउसम्म म्याग्दी रुमाले
केटि:
साझ परेछी स्यालको डर होल
बादर लढ्ने भिरैमा घर होला
भिरैमा घर होला बेनी बजारमा
केटा:
दोभाने त्यो घाटको
पुरानो डुङा काठको
ढल्कियो छालैले म्याग्दी रुमाले
एकैछिनमा कसरी
खिल रोप्यौ दिलैमा
आखाको जालैले म्याग्दी रुमाले
केटि:
कहिले धपक्कै बादल
पानी झरी यसरि
कहिले त घाम छाया बेनी बजारमा
भन्दिम जस्तो लाग्छ
लुकाउ झै लाग्छ
दोधारे यो माया
बेनी बजारमा
केटा:
म्याग्दी रुमाले ए निर म्याग्दी रुमाले
म्याग्दी रुमाले ए निर म्याग्दी रुमाले
माहोलै मिठो भयो हजुर भेटै हुनाले
माहोलै मिठो भयो हजुर भेटै हुनाले
केटि:
बेनी बजारमा ए निर बेनी बजारमा
बेनी बजारमा ए निर बेनी बजारमा
लाखौको पिरिम मेरो हजुर नलाउ हतारमा
लाखौको पिरिम मेरो हजुर नलाउ हतारमा
केटा:
माहोलै मिठो भयो हजुर भेटै हुनाले
केटि:
लाखौको पिरिम मेरो हजुर नलाउ हतारमा
केटा:
माहोलै मिठो भयो हजुर भेटै हुनाले
केटि:
लाखौको पिरिम मेरो हजुर नलाउ हतारमा




