मुटु भित्र तिम्रो धड्कन
बनि रहन सक्छु म त
तिम्रो हरेक सबै पीर व्यथा
सहन सक्छु म त
तिमी भनि देऊ मात्रै तिम्रो चाहना
के के बनि दिन सक्छु म त
मुटु भित्र तिम्रो धड्कन
फूलै फूल बनि तिम्रो जीवनमा
मौसम भरि फूलि दिउँ कि
गर्मी भए बर्षात् लिई
बादल सरि फूलि दिउँ कि
रातमा पनि छायाँ भई
सधै साथ हुन सक्छु
बेदनाहरुले मुटु फाटे नि
आँशु बनि रुन सक्छु
तिमी बोली देऊ मात्रै
तिम्रो चाहना के के
बनि दिन सक्छु म त
मुटु भित्र तिम्रो धड्कन
साथी बनाऊ सधैंको लागि
सपनामा रंग भरि दिन्छु
जिन्दगीको हर पलपलहरुमा
खुशी नै खुशी छरि दिन्छु
लामो नै छ नि यात्राहरु
पाईला बनि हिंड्न सक्छु
कुनै पनि बाधाहरुसंग
एक्लै अब भिड्न सक्छु
तिमी सोची देऊ मात्रै
तिम्रो चाहना के के
गरि दिन सक्छु म त
मुटु भित्र तिम्रो धड्कन




