मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।...2
मेरो बतासलाई बाँधने सुगन्ध छैन, तिम्रो निश्वासमा राखुँ कि।
मेरो आँखालाई राख्ने।
पहाड भन कि, मधेश फाँट, घुमेकै म पनि।...२
बैशाख भन कि, पानीको रिमझिम, रुझेकै म पनि।
त्यसरी पनि जीवन झुल्छ, जसरि झुल्छ वन।
बाढ्नलाई बाँकी रहेन केहि, (बाँकी छ एउटै मन)...२।
(मेरो यहि मनलाई राख्ने घुम्तीघर छैन।
तिम्रो दोकानमा राखूँ कि)...2
मेरो आँखालाई राख्ने।
उदास भन कि, खुशी भन कि, भएकै म पनि।...२
राम्रा नराम्रा दुवै नै थरि, भएकै म पनि।
जता नै पनि जोवन फुल्छ, जसरि फुल्छ फूल।
मायालु मात्र, बेग्ला र बेग्लै, (मायाको एउटै फूल)...२।
मेरो मायालाई राख्ने झ्यालखाना छैन, तिम्रो नजरमा राखूँ कि।...२
मेरो आँखालाई राख्ने, फूलबारी छैन, तिम्रो मुहारमा राखुँ कि।...२




