(माया तिमी बिदेशै हुँदा
डाँडा काँडा रसायो म रुँदा) -२
लेक फुल्छ गुँरास
सम्झेरै रुन्छ मन हुन्छ उदास
माया तिमी
याद आउँछ तिमी हामी लेक बेसी डुलेको - २
हँसिया नाम्लो डोको बोकी मेला पात धाएको - २
अन्जुलीमा थापी पानी पँधेरीमा पिएको - २
ऐंसेलुको दाना टिप्दै रनबन घुमेको - २
माया तिमी बिदेशै हुँदा
डाँडा काँडा रसायो म रुँदा
लेक फुल्छ गुँरास
सम्झेरै रुन्छ मन हुन्छ उदास
माया तिमी
अधुरै छ बाचा हाम्रो दाउन्नेमा भाकेको - २
अपुरै छ बन्धन हाम्रो बिरहले बाँधेको - २
उराठ लाग्छ आज मलाई सल्ला धुपि सुसाउँदा - २
कल्पि कल्पि न्याउलीले तिमीलाई बोलाउँदा - २
(माया तिमी बिदेशै हुँदा
डाँडा काँडा रसायो म रुँदा) - २
लेक फुल्छ गुँरास
सम्झेरै रुन्छ मन हुन्छ उदास
माया तिमी




