खोला बग्यो सलल
फर्की नआउने यो पल आ.है... यो पल
पाउने त यहाँ कति कति
नपाउने यहाँ पिरती आ.है... पिरती
ऋतुहरु यहाँ बदलिएछ
समय पनि बदलिएछ
ऋतुहरु यहाँ बदलिएछ
तर मन मेरो कहिले न बदलिनु
छातीको पिरलाई छोडिदेउ
मनको ढोकालाई खोलिदेउ आ.है... खोलिदेउ
खुशीले नाचौ है हामी सारा
जन्मका यो यहाँ जुन तार आ.है... जुन तार
युगहरु यहाँ ढलेछ
दिन पनि ढलेछ
यौवन यहाँ ढलेछ
तर मन मेरो कहिले नै ढल्दैन
आजसम्म आउदछ तिम्रैनै यादहरु
यौवनको बगेछ आज रगतहरु
आजसम्म लाग्छ जिन्दगीमा केहि अधुरो
हेर्दा हेर्दै बितिसकेछ जीवन मेरो
हो... जीवन मेरो
जिउने छु म त मन खोलेर
मरेपछि लानु के छ बोकेर आ.है... बोकेर
युगहरु यहाँ ढलेछ, दिन पनि ढलेछ
यहाँ यौवन मेरो ढलेछ
तर मन मेरो कहिले नै ढल्दैन
मन मेरो कहिले नै ढल्दैन
मन मेरो कहिले नै ढल्दैन




