भत्किएका यी मेरा सपना
लुटिएका ति तिम्रा सपना
रहने छैन सधैं भत्किएर
उदास यो मेरो जीवन
निराश त्यो तिम्रो जीवन
रहने छैन सधैं दुखित भई
मलाई पनि हाँस्न देउ
मलाई पनि बाँच्न देउ
उसलाई पनि हाँस्न देउ
उसलाई पनि बाँच्न देउ
फैलिएका यी मेरा बन्धन
जेलिएका ति तिम्रा बन्धन
रहने छैन सधैं बाँधिएर
भिजेको यो मेरो नयन
रुझेको त्यो तिम्रो नयन
रहने छैन सधैं भिजेर
मलाई पनि हाँस्न देउ
मलाई पनि बाँच्न देउ
उसलाई पनि हाँस्न देउ
उसलाई पनि बाँच्न देउ
इन्द्र धनुष छाउँने छ
नबोल्नेले गाउने छ
अन्धकारको साम्राज्य यो
एक दिन त रहने छ
हाँस्न देउ ....
मलाई पनि बाँच्न देउ
उसलाई पनि हाँस्न देउ
उसलाई पनि बाँच्न देउ
मलाई पनि हाँस्न देउ
उसलाई पनि बाँच्न देउ.........




