लप्सिको गेडो चुसेर
ज्यामिरे निउरो चाटेर्
चक्चके जिब्रो पड्काउदै
घाममा सुतेर बिताउने
के रोग लाज्ञो केटिलाइ यस्तो
अमिलो मात्रै रुचाउने
लप्सिको गेडो चुसेर
मलिङो को बिन्खर्सिङ्
कोक्क्रो त बुन्ने चिया
एक गाग्री पानी बोक्दैमा
थचक्क बसिन भुइमा
जातो त पिन्ने ठस ठस गर्दै
ठिकी त के गरी कुट्ने
अरुलै दल्न पाएछस भने
घाम झुल्के पछी कुट्ने
लप्सिको गेडो चुसेर
ज्यामिरे निउरो चाटेर्
चक्चके जिब्रो पड्काउदै
घाममा सुतेर बिताउने
के रोग लाज्ञो केटिलाइ यस्तो
अमिलो मात्रै रुचाउने
लप्सिको गेडो चुसेर
कहिले घुम्छु लेक र बेसी
कहिले घुम्छु राम्चे
घरको धन्दा लथालिङ्
बगली मात्रै छम्छे
च्याउ खादा झ्याउ परे
पेट है दुख्छ भन्छन्
आउली प्यारी भन्दा भन्दै
भुसुमा भुसु सुत्छन
लप्सिको गेडो चुसेर
ज्यामिरे निउरो चाटेर्
चक्चके जिब्रो पड्काउदै
घाममा सुतेर बिताउने
के रोग लाज्ञो केटिलाइ यस्तो
अमिलो मात्रै रुचाउने
लप्सिको गेडो चुसेर




