Key- E
लाखौं हजारौं मध्ये तिम्रो मुस्कानले
किन हो मलाई पागल बनाउँछ
लाखौं प्रयास गर्दा पनि किन हो मलाई
तिम्रो यादले सताउछ
माया के हो भनेर तिम्रै वरिपरि
रहँदा यो मनले थाहा पाउँछ
आज भोलि सुन्दा तिम्रो बोली
यो मुटु असाध्यै रमाउँछ
घामलाई हेरी बस्छु बादलमा नी तिमी देख्छु
तिमी बिना कसरी बिताउने होला जिन्दगी
ढाटेको केही छैन तिम्रो लागि मेरो माया
कति रैछ हेरिदेउन यो सानो मुटुमा
चन्द्रमा र तारागण सामु सारा संसार सामु
देखाइदिन्छु कति माया गर्छु तिमीलाई
भन्नेले भन्नेछन् माया मात्र तिमी पाए
बालै छैन अरू कोहीको
सातौं जुनीभरि तिम्रै मुहार हेरी
तिम्रै हात समाई जीवन बिताउला
भनन मात्र तिमी माया सारा संसार
तिम्रै हातमा थमाइदिउला
बादलहरु हेरी तिम्रै गीत कोरी
आँखाहरू बन्द गरी मुस्कुराउँछु म
हिजो आज सुन्दा त्यो आवाज
यो मुटु असाध्यै रमाउँछ
घामलाई हेरी बस्छु बादलमा नी तिमी देख्छु
तिमी बिना कसरी बिताउने होला जिन्दगी
ढाटेको केही छैन तिम्रो लागि मेरो माया
कति रैछ हेरिदेउन यो सानो मुटुमा
चन्द्रमा र तारागण सामु सारा संसार सामु
देखाइदिन्छु कति माया गर्छु तिमीलाई
भन्नेले भन्नेछन् माया मात्र तिमी पाए
बालै छैन अरू कोहीको
लाखौं हजारौं मध्ये तिम्रो मुस्कानले
किन हो मलाई पागल बनाउँछ




