खोज्दैछु म आज एउटा यस्तो ठाउँ
जहाँ माया तिमीलाई म लिएर जाऊँ
खोज्दैछु म आज एउटा यस्तो ठाउँ
जहाँ माया तिमीलाई म लिएर जाऊँ
त्यहाँ होस् सधैं खुशीको बिहानी
मिठो सपनाले भरिएको सिरानी
त्यहाँ होस् सधै सुनौलो साँझ पहर
पुरा हुन्छ जहाँ हरेक सपना रहर
त्यहाँ होस् सधै सुनौलो साँझ पहर
पुरा हुन्छ जहाँ हरेक सपना रहर
सात रंग साथै छल्किन्छ जहाँ
लिएर जान्छु तिमीलाई त्यहाँ
सजेको हुनेछ जहाँ आकाश ताराले
मायाको गीत गाउँछन् जहाँ पंक्षी साराले
सजेको हुनेछ जहाँ आकाश ताराले
मायाको गीत गाउँछन् जहाँ पंक्षी साराले
जहाँ छ शीतल झरनाको पानीले
मायाको गाउँ बसाउँला हामीले
खोज्दैछु म आज एउटा यस्तो ठाउँ
जहाँ माया तिमीलाई म लिएर जाऊँ
हो हो हो हो हो हो हो हो
न न न न न न न न न
हो हो हो हो हो हो




